2026-10-05 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिदिममा तरुण गोल्डकप सुरु ,कुम्मायक गोल्डकप मा हिलिहाङ सेमीफाइनलमा

कमल घिमिरे।कार्तिक१०।पाँचथर,  पाँचथरको फिदिममा आजबाट दोस्रो तरुण गोल्डकप सुरु भएको छ । नेपाल तरुण दलको ६६ औँ स्थापना दिवसको अवसरमा गोल्डकपको आयोजना गरिएको हो ।खेलको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले रेफ्री प्रमुख सन्तोष राईलाई बल हस्तान्तरण गरेर भएको थियो। आज बाट सुरु भएको गोल्डकप कात्तिक १६ गते समापन हुने आयोजकले जनाएको छ ।

आज भएको उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिकाले हिलिहाङ गाउँपालिकालाई ३-० ले पाखा  लगाएको हो ।भोलि याङबरक र फाल्गुनन्द गाउँपालिका बिच खेल हुने आयोजकले जनाएको छ।पाँचथरको १ नगरपालिका सहित ७ गाउँपालिका बिच भएको प्रतियोगिता कार्तिक १६ गते सकिनेछ।प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ पाउने दलका पाँचथर जिल्ला सभापति सुमन लामाले बताउनुभयो।

  पाँचथरकै कुम्मायक गाउँपालिकामा हिजोबाट जारी करेन्ट दोस्रो आमन्त्रण गोल्डकपको आजको दोस्रो खलेमा हिलिहाङ स्पोर्टिङ क्लवले फाल्गुनन्द स्पोर्टिङलाई २–१ गोलले सेमीफाइनलको यात्रा पक्का गरेको हो । आज भएको दोस्रो चरणको खेलमा हिलिहाङ स्पोर्टिङ क्लवले फाल्गुनन्द स्पोर्टिङ क्लवलाई १ का बिरुद्ध २ गोल गर्दै सेमिफाइनल प्रबेस गरेको छ ।  पाँचथरका १ नगरपालिका सहित सात स्थानीयतहका ८ टिमको सहभागी रहेको प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः १ लाख ११ हजार १,११ ट्रफी, मेडल र प्रमाण पत्र र ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र हातपार्ने छन् । त्यसैगरि सबै बिद्याका सबोकृष्ठ खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । ९ गते बाट सुरुभएको प्रतियोगिता कार्तिक १५ गतेसम्म संचालन हुने छ । भोली हुने तेस्रो खेल तुम्बेवा स्पोर्टिङ क्लव र फालेलुङ स्पोर्टिङ क्लव बीच दिउँसो २ः३० मा हुने क्लवका अध्यक्ष रोहन घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर