2026-10-05 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर गोल्डकपको उपाधी रेड स्टार झापालाई

कमल घिमिरे।पौष२।पाँचथर,पाँचथररको फिदिम नगरपालीका ७ रानिटारमा सम्पन्न भएको प्रथम फिदिम नगर गोल्डकपको उपाधी रेड स्टार स्पोर्टिङ क्लब झापाले हात पारेको छ । 

आइतबार भएको फाइनल खेलमा आठराई मितेरी क्लब तेह्रथुमलाई ३–० गोल अन्तर्गतले पाखा लाउँदै उपाधी हात पारेको हो । झापाका लागी सरोज कार्कीले २ र शक्ति राईले १ गोल गरेका थिए । तेह्रथुमका खेलाडीले केही मौका पाएपनि गोल गर्न सकेनन् भने झापाका खेलाडीले तुलनात्मक रुपमा राम्रो खेलेका थिए । जितसँगै रेडस्टारले नगद १ लाख रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ भने उप विजेता आठराई मितेरीले नगद ५० हजार रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ । 

विजेता तथा उप विजेता टिमलाई प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तेजकुमार कुरुम्बाङ,फिदिम ७ का वडा अध्यक्ष गोपाल गुरुङ,राप्रपाका जिल्ला अध्यक्ष जगत थापा,झापा–११ फुटबल क्लबका अध्यक्ष तथा फसटबल संघ झापाका पूर्व अध्यक्ष जलकुमार गुरुङ लगायतले पुरस्कार ट्रफी र मेडल वितरण गरेका थिए । 

गत मंसिर २६ गतेबाट सुरु भएको प्रतियोगीतामा झापा,इलाम,तेह्रथुम ताप्लेजुङ र पाँचथर गरी ८ टिमको सहभागीता रहेको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर