2026-09-19 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

झापाको जुडो विद्यालयमा शिक्षक अभाव

चन्द्रकला भण्डारी | पुस ४, भद्रपुर | खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ । 

पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका राष्ट्रिय प्रशिक्षक गङ्गा खड्काको पहलमा २०६७ सालमा स्थापना भएको उक्त विद्यालयमा बालकक्षादेखि कक्षा ४ सम्म पढाइ हुँदै आएको छ । 

आदिवासी जनजाति समुदायका १०९ विद्यार्थी अध्ययन गर्दै आएको सो विद्यालयमा हाल एउटा शिक्षकको मात्र दरबन्दी छ । विद्यार्थी धेरै भएपछि निजी स्रोतबाट एउटा शिक्षक थपिएको विद्यालयका संस्थापक खड्काले जानकारी दिनुभयो । आदिवासी समुदायको बाहुल्य रहेको क्षेत्रमा रहेको सो विद्यालयमा सन्थाल समुदायका ५६, जनजातिका ४० र अन्य १३ गरी १०९ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसित आठ कठ्ठा ऐलानी जग्गा छ । कर्कटपाताको छाप्रोमा पठनपाठन गरिँदै आएको छ । स्थानीयवासीको श्रमदान र तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण गरिएको छ । 

निर्माण गर्दै गरेको अर्को भवन आर्थिक अभावमा अलपत्र छ । शिक्षक अभावले धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको प्रधानाध्यापक गोपालप्रसाद गणेशले बताउनुभयो । कक्षा १ र २ का विद्यार्थीलाई एउटै ठाउँमा तथा कक्षा ३ र ४ कालाई अर्को कोठामा राखेर एउटै शिक्षकले पढाउनुपरेको गणेशले जानकारी दिनुभयो । “विद्यार्थीको पढाइमा असर परेको छ,” उहाँले भन्नुभयो । 

जिल्लामा जुडो खेलको विस्तार त्यही गाउँबाट भएको जिल्ला जुडो सङ्घका अध्यक्ष डा पृथ्वीविक्रम राई बताउनुहुन्छ । विद्यालयमा जुडोसम्बन्धी कक्षा सञ्चालन गर्न उहाँले माग गर्नुभयो । विद्यालयका संस्थापक गङ्गा खड्काले जिल्लाबाट पहिलोपल्ट जुडो खेल खेल्नुभएको थियो । हाल खड्का परिवारमा तीन जुडोका राष्ट्रिय खेलाडी एवं प्रशिक्षक छन् । प्रअ गणेशले तत्कालीन जिल्ला शिक्षा कार्यालय झापासँग थप शिक्षक दरबन्दीको लागि माग गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । 

जुडो खेलको नामबाट स्कूलको नामाकरण गर्नुका पछाडि त्यहाँ जुडो खेललाई विषय बनाएर विद्यार्थीलाई पढाउने र सिकाउने उद्देश्य भएको संस्थापकसमेत रहेका नेपाल राष्ट्रिय जुडो सङ्घका केन्द्रीय सदस्य तथा प्रशिक्षक खड्का बताउनुहुन्छ । आर्थिक स्रोतको अभावमा विद्यालयमा जुडो विषयमा पठनपाठन गर्न सकिएको छैन । वडा नं २ को सहयोगमा विद्यालयको मैदानमा स्थानीयसँगै विद्यार्थीलाई नियमित रूपमा जुडो सिकाउने गरिएको छ । झापा गाउँपालिका–२ का वडाध्यक्ष नेत्र खड्काले जुडो खेलको पढाइलाई अघि बढाउनका लागि पहल गर्ने बताउनुभयो । गाउँपालिकाले यस वर्ष वडामा जुडो प्रशिक्षणका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । 

प्याराफिट निर्माण गरिँदै 

झापाको एक मात्र मेची रङ्गशालामा दर्शक क्षमता बढाउनका लागि प्याराफिट निर्माण शुरु गरिएको छ । सरकारको रु ५० लाखको सहयोगमा दुई हजार सिट क्षमताको प्याराफिट थप्ने कार्य शुरु भएको हो । विसं २०२५ मा स्थापना भएको सो रङ्गशालाको दर्शक बस्ने प्याराफिटको क्षमता हाल तीन हजार मात्र छ । 

जिल्ला खेलकूद विकास समितिले रङ्गशालाको उत्तर र दक्षिणतर्फ प्याराफिट निर्माण गरिरहेको छ । निर्माण समितिका अध्यक्ष शङ्कर थापाका अनुसार आगामी आठौँ राष्ट्रिय खेलकूदको फुटबलतर्फको प्रदेशस्तरीय खेल सो रङ्गशालामा आयोजना गर्न प्याराफिट निर्माण गर्न लागिएको हो । 

पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको मेची रङ्गशालामा एउटा कभर्डहल छ । सो कभर्डहलमा तेक्वान्दो, बक्सिङ, उसु, जुडो, कराँते र व्याडमिन्टन खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । समितिले खेलाडीको चापलाई ध्यानमा राखेर थप दुई कभर्डहल बनाउनका लागि सरकारसँग बजेटको माग गरेको अध्यक्ष थापा बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो