2026-07-25 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सो क्योकुसिन कराँते मकवानपुमा जोशी

पुष २०, हेटौंडा । सो क्युकोसिन कराँते संघ मकवानपुको अध्यक्षमा सुन्दरकुमार जोशी निर्वा्चित भएका छन् । हेटौंडामा शुक्रबार भएका भेलाले जोशीको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजन दाहाल, बिनोदमान श्रेष्ठ, सचिब राजेन्द्र पोखरेल, कोषाध्यक्ष मनोज ढोडारी रहेका छन् । 

समिति सदस्यमा रामचन्द्र श्रेष्ठ, कमल घले, रुपा बिडारी, धनबहादुर तामाङ, अशोक लामा र शंकरसिंह व्लोन रहेका छन् । नबनिर्वा्चित समितिको घोषणा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माधब तिमल्सिना र संघका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए । भेलामा बोल्दै खेलकुद बिकास समितिका अध्यक्ष तिमल्सिनाले नब गठित समिति सहित खेलकुदको क्षेत्रमा काम गर्छु भन्ने बिभिन्न खेलका ५७ वटा संघ दर्ता भैसकेपनि नाम र पदका लागि मात्र नभई खेलाडि उत्पादनका हिसाबले काम गर्न आग्रह गरे ।

अहिले जिल्लामा समिति गठनसँगै राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुने र बैदेशीक भ्रमणको काम मात्र गर्ने उद्देश्यले समिति गठनको काम भैरहेको भन्दै सहि कामका लागि लाग्न सबैलाई आग्रह गरे । भेलमा सो क्योकुसीनका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले खेलाडिलाई आर्थिक हिसाबले सबल र सक्षम बनाउँनका लागि संगठित स्वरुप आवश्यक भएकाले संघको गठनमा लागेको बताए । अन्य खेलमा जस्तै कराँतेमा पनि खेलाडिको भबिष्य उज्जवल छ भन्ने देखाउन काम गर्नुपर्ने बताए । संघले निकट भबिष्यमै ठुलो राशीको राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिब खुशराज दाहाल, बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष ज्ञानकृष्ण प्रजापति,बुद्धिचाल संघका केन्द्रीय सचिब धरम लामा, रोटरी क्लब मकवानपुरका अध्यक्ष बिजयलाल श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक