sdn l3ld/].kf}if#).kfFry/,kfFry/sf] lkmlbddf "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

sdn l3ld/].kf}if#).kfFry/,kfFry/sf] lkmlbddf "/>

2026-10-05 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११लाई


कमल घिमिरे।पौष३०।पाँचथर,पाँचथरको फिदिममा सम्पन्न १० औँ सँस्करणको रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि झापा–११ ले जित्न सफल भएको छ । फिदिम उच्च माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।

झापाको जितमा पुजन उपरकोटिले उत्कृष्ट प्रदर्शन गरी नायक बने । उनले खेलको २३ औँ र ८३ औँ मिनेटमा २ गोल गरे ।  प्रतिस्पर्धात्मक खेलमा ७२ औँ मिनेटमा आर्मिका राजिब गुरुङले १ गोल गरी खेललाई बराबरि गरे । अन्तिम ७ मिनेटको समय सम्हालिन नसक्दा आर्मी गोल खान पुग्यो । ८३ औँ मिनेटमा झापा–११ का पुजन उपरकोटिले विजयी गोल गर्दै टिमलाई उपाधि दिलाए । जितसँगै झापाले आकर्षक ट्रफिसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्दा आर्मीले २ लाख रुपैयाँमा चित वुझायो ।


फाइनल खेलको म्यान अफ द म्याच आर्मीका गोलकर्ता राजिब गुरुङ भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको विधागत तर्फपनि झापाकै वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडि झापाका देबेन्द्र तामाङ भए । उनले यामाहाको मोटरसाइकल पाए । प्रतियोगितामा ४ गोल गरेका झापाका कर्ण लिम्वू सर्वाधिक गोलकर्ता बने । उनले नगद १५ हजार पाए । बेस्ट मिडफिल्ड झापाका पुजन उपरकोटि, बेष्ट फरवाड दिलेन लोक्तान, बेष्ट गोलकिपर मनोज प्रधान र बेष्ट कोच प्रवेश कटुवाल घोषित भए । उनीहरुले जनही नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको बेस्ट डिफेन्डर भने आर्मिका युद्ध शाहि बने । उनले पनि नगद १० हजार पाए । प्रतियोगिताको उदयीमान खेलाडि भने आयोजक फिदिम स्पोर्टिङ क्लवका प्रबिन जवेगु बन्दै नगद १० हजार पाए । फिदिम स्पोर्टिङ क्लव पाँचथर र पाँचथर फुटवल संघको संयुतm आयोजनामा गत पौष २१ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजन क्लवहरुसहित १० टिमले सहभागिता जनाएका थिए । पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप नेपालको १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झानामा विगत १० वर्षदेखि आयोजना हुदैं आएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर