2026-06-28 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराते प्रतियोगितामा खोटाङलाई पाँच स्वर्ण, ६ जना राष्ट्रिय प्रतियोगितामा खेल्दै

2019-02-23

चिसाङ शेर्पा । फागुन ११, बिराटनगर । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले पाँच स्वर्ण जितेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा पाँच स्वर्णसहित तीन रजत, चार कास्य पदक जित्दै खोटाङ समुह दोश्रो बनेको छ । ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङ समुह प्रथम बनेको छ भने, तीन स्वर्ण तीन रजत र चार कास्य पदक जित्दै सुनसरी तेश्रो भएको छ ।


मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा गत मंगलबारबाट सुरुवात भएको तीन दिवसीय प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राईले महिला समुहकाता र एकल महिलाकातामा रोश्मा राईले स्वर्ण पदक जितिन् । ४५ केजी तौल समुह महिला कुमितेमा डुनु राई, ६८ केजी तौल समुहमा जस्मिना राई र ६८ प्लसमा मिसडोना राइले स्वर्ण पदक जितिन् । समुह पुरुषकाता सहित ६० केजी तौल समुह पुरुष कुमितेमा सन्तोष राई, ५५ केजी तौल समुह महिला कुमितेमा विद्याकला राईले रजत पदक दिलाएकी थिइन् । पुरुष एकलकातामा मोतिचन्द्र राई, ६७ केजी पुरुष कुमितेमा रुरीहाङ राई, ७५ केजीमा सुजन राई, ८४ प्लस कुमितेमा इश्वरधन राईले कास्य पदक जित्दा ५० केजी तौल समुह पुरुष कुमितेमा मोरङका महेश यादव, ५५ केजी तौल समुहमा विवेक थापा, ६० केजी तौल समुहमा किशोर कोइराला, ६७ केजी तौल समुहमा रोजन खड्का, ८४ प्लसमा सागर राउत र पुरुष एकलकातामा बिनय लिम्बुले स्वर्ण पदक जिते ।

७५ केजी तौल पुरुष कुमितेमा सल बहादुर गुरुङ र महिला एकलकातामा स्वस्तिका राईले रजत तथा ६० केजी तौल समुह महिला कुमितेमा रोजिना लिम्बु र ६८ प्लस कुमितेमा कृति दुलाले कास्य पदक जितर मारेङलाई प्रथम स्थानमा राखेका छन् । यसैगरी, पुरुष समुहकातासहित ७५ केजी तौल समुहमा सुनसरीका रोशन धामी, ५५ केजी तौल समुह महिला कुमितेमा अस्मिता राईले स्वर्ण, पुरुष एकलकातामा सुनसरीका रोहित राई, ६१ केजी महिला कुमितेमा इन्द्रमाया तामाङ र ६८ प्लस केजी महिला कुमितेमा रोजिना सुन्दासले रजत पदक जितेकी छन् । ६८ केजी महिला कुमितेमा सुमना राई, महिला समुहकाता, ५० केजी तौल महिला कुमितेमा जिना सुब्बा र  ८४ प्लस पुरुष कुमितेमा प्रिशेष श्रेष्ठले कास्य पदक जिते ।

प्रतियोगितामा (स्वर्ण) जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा (मिति नतोकिएको) हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न पाउनेछन् । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधामा प्रतियोगिता गराइएको थियो । १७ स्वर्ण पदक जित्ने सवै खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्नेछ । प्रदेश स्तरीय कराते प्रतियोगितासँगै भरत्तोलन, बक्सिङ र ताइकण्डोको प्रतियोगिता भएको थियो । 

यसैविच, एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका ६ जना खोटाङका खेलाडी राष्ट्रिय खेलमा खेल्न पाउने भएका छन् । बिराटनगरको शहिद रंगशाला कर्भडहलमा भएको प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीले राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न पाउने भएका हुन् । खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राई, डुनु राई, जस्मिना राई र मिसडोना राईले आठौं राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी