2026-09-19 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङ करातेका खम्बाः विद्याकला

चिसाङ शेर्पा | चैत्र ४ खोटाङ | कराते खेल्न एकदमै मन थियो । तर, घरबाट दिनुहुन्न थियो, जर्बजस्ती खेल्न आए । मनमा कराते खेलको औधी रुचि थियो । कराते खेलाडी विद्याकला राईले खेलकुद क्षेत्रमा आउँदाका संर्घष सुनाइन् । घरमा आमाबुवा खेलकुदका वारेमा बुझ्नुहुन्न थियो । र, पनि मलाई खेल्न जान नदिनु भएको होला तर, अहिले त्यो ठिक उल्टो छ । उहाँहरु नै मलाई सपोर्ट गर्नुहुन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी २१ वर्षीय विद्याकला यतिबेला खोटाङ करातेको एउटा खम्बा हो । जहाँ विद्याकला खेल्दै छ सबैको मनमा एउटै मात्र सोचाई हुन्छ । गोल्ड मेडल हान्छ, कन्फर्म । आम खोटाङ्गेले सोचेजस्तै वास्तविकता दिलाउन कराते खेलमा उनी माहिर छिन् । २०७२ सालयता राष्ट्रिय, अन्तर्राष्ट्रिय कराते खेलको यात्रामा उनले प्रथम स्थान दर्जनौ जितेकी छन् । अपवादमा दोश्रो, तेश्रो भएकी छन् । 

सातौ केन्द्रीय राष्ट्रपति कप रनिङ शिल्ड कराते प्रतियोगिता २०७२ मा प्रथम, आठौं राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगीतामा प्रथम, गौतम बुद्ध ४८ औं राष्ट्रिय करातेमा दोश्रो भएकी उनले २०७४ सालमा मात्रै, एपीएफ अन्तर्राष्ट्रिय कराते प्रतियोगीता, शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगीता, प्रथम छथर नगरपालिका कराते प्रतियोगीता, दोश्रो खोटाङ हलेसी अन्तर्राष्ट्रिय कराते प्रतियोगीता, प्रथम केपीलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

यस्तै, २०७५ सालमा प्रथम गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगीता, प्रथम अन्तर्राष्ट्रिय कराते च्याम्पीयनसीप रौतहट, १ नं. प्रदेश स्तरीय कराते प्रतियोगीतामा स्वर्ण पदक जितेकी छन् । शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगीता र प्रथम गोलबजार उपप्रमुख राष्ट्रिय करातेमा उनले वेष्ट फाईटरको उपाधी चुमिन् । भर्खरै विराटनगरमा सम्पन्न १ नं. प्रदेश स्तरीय कराते प्रतियोगीता अन्तरगत महिला समुहकाताबाट स्वर्ण पदक जितेकी उनले आगामी चैत्र १५ गतेवाट प्रदेश नं. ५ मा हुने आठौं राष्ट्रिय करातेमा प्रतिस्पर्धा गर्ने तयारी गरीरहेकी छन् ।

विद्याकला राष्ट्रिय स्तरका धेरै खेलाडीलाई पराजित गरेकी साहषी कराते खेलाडी भएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । विद्याकला मेहेनती, अनुशासित खेलाडी हो । अध्यक्ष राईले भने, ‘निर्णय गर्ने क्षमता कम तथा प्रचुर संम्भावना भएकी खेलाडी हुन् विद्याकला ।’ जिल्लामा उत्कृष्ट कराते खेलाडीहरु रहेको र सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरुको पर्याप्त सहयोग रहेमा कराते खेलमा थप प्रगती गर्न सकिने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष राईले बताए ।

भलिवल, फुटवल, व्याटमिन्टन खेलको आयोजना गरेर बजेट सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए । आफ्नो वडाभीत्रको खेलाडी भएको नाताले पनि राष्ट्रिय प्रतियोगीतामा खेल्ने खेलाडीलाई केही न केही सहयोग हुने वडाध्यक्ष खत्रीले बताएका छन् । के कसरी बजेट व्यवस्थापन गर्न सकिन्छ त्यो विषयमा थप मिटिङ वसेर निर्णय गर्छौ उनले भने । राष्ट्रिय प्रतियोगीतामा प्रतिस्पर्धा गर्न लागेकी खेलाडीलाई वडाबाट चाँही कस्तो सहयोग आउँछ हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई