2026-09-19 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१७ वर्षमा ९ गोल्ड मेडल जितेका ईश्वरधन

चिसाङ शेपा | चैत्र ९, खोटाङ | झट्ट हेर्दा हलक्क बढेको तर, उमेर भने सानै भएका कराते खेलाडी ईश्वरधन राई खोटाङ करातेको होनाहार खेलाडी हुन् । उमेरले सानै तर, करातेमा ठूलो संम्भावना बोकेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ईश्वरधन करातेमा सधै अगाडी छन् ।

सानैबाट औधिरुपमा कराते खेल्न मन भए पनि आमा बुबालाई सम्झाउन उनलाई धेरै समय लाग्यो । एक किसिमले करातेप्रतिको मोह परिवारबाट बन्देज लाग्योे । हातखुट्टामा चोटपटक लाग्छ भन्ने आमा बुबालाई खुब चिन्ता थियो । त्यो स्वभाविक थियो । अन्ततः कक्षा ८ पढ्दादेखी आमा बुबाबाट कराते खेल्ने अनुमति पाए । उनले भने, ‘कक्षा ११ सम्म आइपुग्दा राष्ट्रिय प्रतियोगितामा २, अन्तराष्ट्रिय प्रतियोगितामा १, जिल्ला स्तरीय प्रतियोगितामा ६ वटा गोल्ड मेडल जितेछु ।’ दिक्तेल अंग्रेजी आवसिय माविमा पढ्दा पढ्दै २०७१ सालबाट दिक्तेल डोजोदेखी औपचारिक रुपमा कराते खेल्न सुरु गरेका १७ वर्षीय ईश्वरधनले खेलका क्रममा (गुरु) प्रशिक्षकबाट गाली पनि, ताली पनि खाएका अनुभव छन् । त्यो घट्ना आफू सुध्रिने मौकाका रुपमा उनी स्वीकार्छन् । 

खोटाङ करातेको तर्फबाट ७५ केजी तथा प्लस ७५ केजी तौल कुमितेमा प्रतिस्पर्धा गर्ने उनले प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता २०७४, प्रथम गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगिता २०७५ तथा प्रथम अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप चन्द्रपुर रौतहट २०७५ मा लगातार स्वर्ण पदक जितेका छन् । विभिन्न जिल्ला स्तरीय कराते प्रतियोगितामा ६ स्वर्ण पदक जितेका छन् । दिक्तेल अंग्रेजी आवसिय माविमा अध्ययनरत ईश्वरधनले करातेकै कारण कक्षा ११, १२ मा निःशुल्क अध्ययन गर्ने मौका पाएका छन् । यतिबेला उनी पढाईसँगै आफ्नो रुचि कराते खेललाई अगाडी बढाउन रातादिन लागिरहेका छन् ।

गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिता २०७३, सातौ राष्ट्रिय खेलकुद अन्तरगतको पुर्वाञ्चल स्तरीय कराते प्रतियोगिता, आठौं राष्ट्रिय खेलकुद पुर्वाञ्चल स्तरीय कराते र भर्खरै विराटनगरमा सम्पन्न १ नम्बर प्रदेश स्तरीय कराते छनौट प्रतियोगितामा कास्य पदक जितेका उनी आफ्नो करातेलाई अझै शसक्त बनाउन पढाईसँगै विहान, वेलुका २÷२ घण्टा तालिम गर्छन् । केटाकेटीदेखी नै कराते खेल्ने रहर गुम्साएर बसेका उनलाई घरबाट खेल्न दिएपछि मनमा डर र जोश एकैसाथ उब्जिएको थियो । कतै हातखुट्टामा समस्या त आउने हैन । करातेमा त्यस्तो नहुने रहेछ । यो त दिमागी र टेक्निकल खेल पो रहेछ । उनले भने, ‘खेलका क्रममा विभिन्न आरोह अवरोह आएका थिए । तर, गुरुहरुले समाधान गर्दै जानुभयो । यस्तो लाग्छ कराते मेरो जीवनको अमुल्य पाटो हो ।’

आफ्नो खेलाडी स्वभावैले सवैलाई राम्रो लाग्ने भए पनि ईश्वरधनमा कुनै प्रशंसाको खाँचो नरहेको प्रशिक्षक मिलन कसजु बताउँछन् । अनुशासित, ईमान्दार, उदयमान खेलाडी ईश्वरधनमा  खेलाडीको पनि स्टार बन्ने क्षमता छ । प्रशिक्षक कसजु थप्छन्, ‘पछिल्लो समयमा राम्रो संम्भावना बोकेको खेलाडीमा उनी पनि एक हो, खोटाङको ठूलोे सम्पत्ती हो ।’ प्रदेश नम्बर १ मै करातेबाट कहलिएका खेलाडीलाई अझ शसक्त र मजबुत बनाउन सम्बन्धित निकाय र व्यक्तिहरु मरिमेटेर लाग्नु अत्यन्तै आवश्यक रहेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । करातेमा सवैको साथ र सहयोग हुने हो भने, ईश्वरधनले अर्को ईश्वरधन जन्माउन सक्ने क्षमता बनाउनेमा हामी विश्वस्त छौ ।

खेलाडीहरुलाई सबैखाले अवसर दिन सकेमात्र उत्कृष्ट नतिजा दिन सकिन्छ । अध्यक्ष राई भन्छन्, त्यसो हुनाले बिगत तिन बर्षदेखी गाँस, बास, कपास र शिक्षाको जिम्मेवारी सितोरियो कराते संघले लिनुपरेको छ । यसप्रति अरुको पनि ध्यान जाने हो कि ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई