2026-09-19 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र

चिसाङ शेर्पा | चैत्र १०, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र पारिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन र मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको गोल्डकपको तयारीलाई तीव्र पारिएको हो । 

पृथ्वी उच्च मावि बाक्सिलामा आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा हुने दशौं संस्करणको प्रतियोगिताका लागि जिल्लाको मुख्यमुख्य नाका तथा ठूला बजारहरुमा ब्यानर टाँग्ने काम सुरु गरिएको छ । जिल्लाको दिक्तेलबजार, हलेसी, हुर्लुङ तथा गाडीहरुमा ब्यानर टाँग्ने काम सकिएको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए । उनका अनुसार विभिन्न सामाजिक सञ्जाल तथा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईन सञ्चारमाध्यममा पनि प्रचारप्रसार तीव्र पारिएको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा हुने प्रतियोगितामा स्थानीय १२ जना र अन्य चार जनाले प्रतियोगितामा सहभागिता जनाउन पाइनेछ । प्रतियोगिताका लागि आगामी शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलनगरी टाइसिट सार्वजनिक गरिनेछ । प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५१०, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५÷१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५र५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

कसरी पुग्ने बाक्सिला

हलेसी–दिक्तेल सडकखण्ड अन्तरगतको हुर्लुङबाट बाक्सिला जान सकिनेछ । काठमाण्डौ तथा तराईका विभिन्न जिल्लाबाट खाशगरी साना जिप सुमोहरु हुर्लुङ हुंदै सिधै बाक्सिला पुग्ने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको हुर्लुङबाट करीव ४३ किलोमिटर कच्ची सडक छिचोलेर गाडी तथा मोटरबाईकबाट बाक्सिला बजार पुग्न सकिन्छ । बाक्सिला बजारमा प्रशस्त होटल तथा खानेपानीको सुविधा भएकाले खेलाडी तथा पाहुनालाई गाँस, वास कपासका लागि समस्या नहुने बाक्सिला फुटबल क्लवका पुर्व अध्यक्ष समिर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई