2026-08-24 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिदीको प्रेरणाले कराते खेलें

चिसाङ शेर्पा | चैत्र १२, खोटाङ | खोटाङ करातेमा पुरुष खेलाडी भन्दा महिला खेलाडी नतिजा ल्याउनमा अब्बल छन् । कराते खेलाडी जहाँ खेल्छन् त्यहाँ, सबैभन्दा बढी गोल्ड मेडल खोटाङलाई प्राप्त हुन्छ । त्यो ध्रुवसत्य हो । त्यही गोल्ड मेडल ल्याउनमा हरदिन भोक तिर्खा नभनी खट्ने खेलाडी जस्मिना राई पनि एक हुन् । पुरुषको जस्तै छोटो कपाल, गहुंगोरो वर्णकी जस्मिना खोटाङ करातेका लागि अमुल्य व्यक्ति हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा २०५९ सालमा स्वर्गीय बुबा डम्बर सिंह राई र आमा गीतादेबी राईकी कान्छी छोरीको रुपमा जन्मिएकी जस्मिनाले २०७० सालदेखी कराते खेल्न सुरु गरेकी हुन् । करातेमा ब्ल्याक बेल्ट गरेकी १६ बर्षीय उनी यतिबेला सरस्वती मावि दिक्तेलमा कक्षा ९ मा अध्ययनरत विधार्थी हुन् । कुनै क्षेत्रमा आउन कसै न कसैको हौसला अथवा प्रेरणाको आवश्यक हुन्छ । त्यही कथनमै रुमलिएकी जस्मिना पनि कराते खेलमा आउनुको पछाडी दिदीको ठूलो प्रेरणा सम्झिन्छिन् । कराते खेलाडी दिदी (रविना राई) र, आमाको शाहष, हौसलाले करातेमा लागेकी जस्मिना भन्छिन्, ‘दिदी खेलेको हुनाले मलाई पनि ईच्छा लाग्यो, बाबालाई सोध्दा खेल भन्नुभयो ।’ सानै उमेरमा कर्मदाता बुबा गुमाएकी उनी केहीवेर अवाक भईन् । “उहाँ नभए पनि ममिले धेरै सपोर्ट गर्नुहुन्छ ।” ओठ कमाउदै उनले भनिन् ।

बोर्डिङमा कक्षा आठसम्म अध्ययन गरेर सरकारी विद्धालयमा अध्ययन गरिरहेकी जस्मिनाले करातेमा राम्रो खेलेकै कारण बोर्डिङले आफूलाई सम्मान गरेको समेत स्मरण गरिन् । सोेल्मा घर दिक्तेलबजारमा विद्धालय, माटिकोरेमा कर्बडहल यि सबैलाई भ्याइरहेकी उनी विहान १० वजेदेखी अपरान्ह ४ वजेसम्म विद्धालयमा पढेर दुई घण्टा कर्वडहलमा तालिम गरेर मात्रै घर पुग्छिन् । यो सवै गर्दा पढाईलाई असर गर्दैन? भन्ने प्रश्नको उनी सहजै उत्तर दिन्छन् । ‘आफै म्यानेज गर्छु, दुई घण्टा ट्रेनिङ गर्छु । घरमा पुगेर खाना खाएर पढ्छु अनि मात्रै सुत्छु । वन्द प्रशिक्षण बसेको वाहेक अन्य समय मेरो दैनिकी यही हो ।’

४०, ४५, ५०, ६१ र माईनस ६८ केजी कुमिते, एकल तथा समुहकातामा खेल्दै आएकी उनी यतिबेला मझधारमा छन् । एकातिर पढाई अर्कोतिर जीवनको मोह कराते । म, आफै निर्णय लिन्न । उनी थप्छिन्, ‘राम्रो पढ, खेल भन्नु हुन्छ । दुबैतर्फ ध्यान दिनु भन्नु हुन्छ दिदी र ममिले ।’ नभन्दै जस्मिनाले करातेमा धेरै फड्को मारेकी छन् । जीवनमा कमाएका सम्पत्ती (मेडल र प्रमाणपत्र) धेरै भइसकेको छ उनको । र, त्यो निरन्तर रहनेछ । उनले प्रथम खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते (समुहकातामा)२०१६ मा रजत पदक र एफिएफ अन्र्तराष्ट्रिय कराते प्रतियोगिता २०१८ मा कास्य पदक जितिन् ।

कराते खेल्न थालेदेखी प्रशिक्षक(गुरु)को गाली÷ताली खाएर तिखारिएकी उनले प्रथम शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगिता २०१८ मा स्वर्ण पदक, प्रथम छथर गाउँपालिका राष्ट्रिय कराते प्रतियोगितामा एकलकाता र कुमितेमा स्वर्ण, एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक, गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगितामा २०७३ मा रजत पदक, प्रथम गोलबजार उप–प्रमुख राष्ट्रिय कराते २०७५ मा रजत पदक र सोही इभेण्टको टिमकातामा स्वर्ण पदक जितेर जिल्लाको शान राखिसकेकी छन् । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै नभएर उनले २०७१ सालमै तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, प्रथम खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक, प्रदेश स्तरीय पुर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७२ मा कास्य, उत्कृष्ट खेलाडी, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समुह कातातर्फ स्वर्ण, एकलकातामा कास्य, सातौ जिल्ला स्तरीय कराते प्रतियागिता एकलकाता र कुमितेमा स्वर्ण, चौथो राष्ट्रपति रनिङ शिल्डमा एकलकातामा रजत, सातौ राष्ट्रिय खेलकुद समुहकाता र कुमिते २०७३ मा रजत पदक, नवौं जिल्ला स्तरीय कराते प्रतियोगितामा स्वर्ण, दशौं जिल्ला स्तरीय कराते प्रतियोगितामा रजत, नवौं जिल्ला स्तरीय कराते प्रतियोगितामा स्वर्ण, आठौं राष्ट्रिय खेलकुद २०७५ मा स्वर्ण र तेश्रो राष्ट्रपति रनिङ शिल्डमा एकलकातामा स्वर्ण, आठौं जिल्ला स्तरीय करातेको कुमितेमा कास्य र दोश्रो राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेकी छन् ।

भर्खरै मात्र विराटनगरमा सम्पन्न प्रदेश १, प्रदेश स्तरीय करातेमा स्वर्ण पदक जितेकी जस्मिना परिक्षा सकाएर आठौं राष्ट्रिय प्रतियोगिताको लागि कडा परिश्रम गरिरहेकी छन् । प्रतियोगितामा हारजित स्वभाविक भएको र त्यस क्रममा गुरुहरुबाट आउने भनाई र गाली सुझाव लाग्ने उनले बताईन् । गेम खेल्दा हार्छु भन्ने मनमा हुन्न ! तर, गेमपछि रिजल्टले बताउँछ । आत्मरक्षाका लागि पनि खेलिने कराते खेलका कारण महिलाहरुले आफ्नो रक्षा गर्न सक्ने उनको भनाई छ । अवसर पाएमा महिला पनि पुरुषभन्दा कम हुन्न भन्ने खोटाङ करातेका महिला खेलाडीहरुले प्रमाणित गरिसकेका छन् ।

जस्मिना गेमको हिसाबले राम्रो खेलाडी भएको दिदी रविना राईले बताईन् । प्रायः खेलेको गेममा मेडल ल्याउने गरेको छ । सायद एक दुई वटा गेममा मात्रै मेडल जितेका छैनन । रविना भन्छन्, ‘नत्र करातेमा बहिनीको राम्रो प्रगती छ ।’ प्रयास गर्दा जस्मिनामा भयङ्कर संम्भावना रहेको प्रशिक्षक सन्जय कुमार राई बताउँछन् । केही समयपछि आठौँ राष्ट्रिय प्रतियोगितामा खेल्न लागेकी आफ्नो वडाका खेलाडीलाई केही न केही मात्रामा सहयोग गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन