2026-09-19 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक तालिका सहित

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन, स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । 

खोटाङ फुटबल एकेडेमीको कार्यालय माटिकोरेमा शुक्रबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको खेल तालिका अनुसार बुईपा एलाभेन स्पोर्टस क्लब र सोल्मा स्पोर्टस क्लबविच पहिलो खेल हुनेछ । पृथ्वी उच्च मावि बाक्सिलामा आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा ९० मिनेट अवधिमा हुने दशौं संस्करणको प्रतियोगितामा टेम्मा स्पोर्टस क्लब टेम्मा र बाम्राङ युवा स्पोर्टस क्लब बाम्राङ तथा हलेसी तुवाचुङ फुटबल क्लब र खोटाङ भगवती स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका निम्ति ११ टिमले टिम दर्ता गराएका छन् ।

खाराम्बु स्पोर्टस क्लब खार्मी, बाक्सिला फुटबल क्लब बाक्सिला, खोटाङ फुटबल एकेडेमी दिक्तेल, जन्तेढुंगा गाउँपालिका र केपिलासगढी गाउँपालिकालाई बाई परेको छ । उनीहरु स्वतः प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए । प्रतियोगिता अवधिभर खोटाङ फुटबल संघका अध्यक्ष धु्रवविक्रम राई, किक थाइ वक्सिङ खेलाडी बरुण घले, एथलेटिक्स खेलाडी दिर्पा वस्नेतलाई सम्मान तथा खेलक्षेत्रमा कलम चलाउने जिल्लाका एकजना पत्रकारलाई ५ हजार ५१० रुपैयाँ बराबरको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष शिवकुमार राईले बताए । 

प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५ सय १० रुपैयाँ नगदका साथमा गोल्डकप, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५/१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

माथिको तश्वीरमा: खेल तालिका सार्वजनिक गर्दै आयोजक टोली । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई