2026-08-24 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङ करातेका उदयीमान महिला खेलाडी मिसडोना

चिसाङ शेर्पा, चैत्र २२ खोटाङ | मिसडोना राई करातेमा एउटा चम्किला तारा हुन् । कराते खेलेर ६ वर्ष ब्यतित गरिसकेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– दिक्तेल सोल्माकी १७ वर्षीय उनी करातेमा भविष्य खोजेर हिडेकी एकजना उदयीमान महिला खेलाडी हुन् । 

आफ्नै जन्मस्थान सोल्माको सोल्मा विद्धालयमा तीन कक्षासम्म अध्ययन गरेर निजी विद्धालयमा अध्ययनरत मिसडोनाले २०६९ सालदेखी दिक्तेल डोजोमा आएर कराते खेलको यात्रा सुरु गरेकी हुन् ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा दुई स्वर्ण, दुई रजत, राष्ट्रिय कराते प्रतियोगीतामा चार स्वर्ण, एक कास्य पदक जितेकी उनी इमान्दार र मेहेनती खोटाङ करातेकी महिला खेलाडी हुन् । सानै उमेरमा यतिका धेरै स्वर्ण पदक जित्नुको रहस्य गुरुहरु (जो आफ्नै मामा) र ममिको प्रेरणा रहेको बताउँछिन् । ‘कराते सिकाउने गुरुहरु मामा पर्ने, ममिले खेल भन्नुभयो अनि कराते खेल्न सुरु गरे । अहिले यतिका नाम पनि कमाए ।’ उनले सुनाईन् । कलिलो उमेर मनमा अत्याधिक जोश जाँगर भएकी मिसडोना देख्दा र वास्तवमा फरक छिन् ।

सरकारी विद्धालय छोडेर दिक्तेल आवसीय विद्धालयमा पढाई सुरु गरेकी उनी हाल कक्षा ८ मा अध्ययनरत छिन् । पढाई सन्तोषजनक छ । सानै उमेरमा किन कराते खेल्न आउनु भयोे ? हातखुट्टामा चोटपटक लाग्छ भन्ने सोच भएन ? हाम्रो प्रश्नको नडगमगाई उत्तर दिईन् ‘डर लागेन, इन्ट्रेस थियो खेल्न, अनि खेल्न थाले ।’ पढाईलाई पहिलो प्राथमिकता दिईरहेकी उनी खेललाई पनि त्यतिकै समय दिन्छिन् । त्यही कडा मेहनत र परिश्रमले उनले सानै उमेरमा ठूलाले कमाउन नसक्ने इज्जत र नाम कमाएकी छिन् । उनको उमेर समुहका साथीहरु खाली समयमा सामाजिक सञ्जालमा समय बिताउँछन् । तर, उनी पढाई र खेललाई समय दिन्छिन् । उनी भन्छिन्,‘फेसबुक चलाउँदिन । त्यो समय अध्ययन र करातेलाई दिन्छु ।’

मिसडोनाले अन्र्तर्राष्ट्रिय प्रतियोगीता अन्तरगत प्रथम खोटाङ हलेसी अन्तर्राष्ट्रिय कराते २०१६ मा माईनस ६८ केजी तौल समुह कुमितेमा स्वर्ण पदक, प्रथम एफिएफ सोतो कराते खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगीता ६८ प्लस कुमितेमा रजत, दोश्रो खोटाङ हलेसी अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा ६८ प्लस कुमितेमा २०१८ मा रजत, र प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगीता रौतहटमा ६८ प्लस कुमितेमा स्वर्ण पदक जितेकी छन् ।

राष्ट्रपति कप प्रतियोगीता लाहान २०७० मा ५० केजी तौल समुह कुमितेमा स्वर्ण, गौतम बुद्ध ४८ औं राष्ट्रिय करातेमा कास्य, प्रथम शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगीता २०१८ मा ६८ प्लस कुमितेमा स्वर्ण, प्रथम छथर गाउँपालिका २०१८ मा ६८ प्लस कुमितेमा स्वर्ण, प्रथम गोलबजार उपप्रमुख कराते २०७५ मा ६८ प्लस कुमितेमा पनि स्वर्ण पदक जितेकी छन् । 

यस्तै, उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७३ पुर्वाञ्चलमा माईनस ६८ केजी तौल समुह कुमितेमा कास्य पदक र आठौ राष्ट्रिय खेलकुद प्रतियोगीताको प्रदेश नम्बर १ को छनौटमा ६८ केजी प्लसमा छनौट भएकी छन् । दाङमा हुने राष्ट्रिय प्रतियोगीतमा राम्रो नतिजा ल्याउनका लागि उनी हाल बन्द प्रशिक्षणमा व्यस्त छिन् । ‘हार्छु भनेर कसैले खेल्दैन, सवैको मनमा जित्छु भन्ने नै हुन्छ ।’ उनले बताईन् । “त्यहि नतिजा ल्याउनका लागि अहिले ट्रेनिङमा व्यस्त छु ।”   

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई विशेष फोकस गरेर बिहान दुई घण्टा र बेलुका दुई घण्टा ट्रेनिङ गरिरहेको उनले बताईन् । आठौं खेलकुद प्रतिगोगीता जित्छु भन्ने त छदैैंछ । कराते जित्नको लागि मात्रै हैन । आत्मरक्षाका लागि पनि खेल्न जरुरी छ । उनी थप्छिन्, ‘त्यसमा पनि अहिलेको समयमा महिलाहरु झन खेल्न अत्यन्तै आवश्यक छ ।’ कराते खेलाडी भएकै कारण किताबको ज्ञान सँगसँगै थप व्यवहारिक ज्ञानहरु धेरै थाहा पाएकी छु । गेमबाट धेरै कुरा सिकेको छु ।   

खेलाडीको अभिभावकहरुले सबैखाले सहयोग गरेकै कारण करातेमा राम्रो प्रगती भएको सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । भोलीको संम्भावना बोकेका खेलाडीहरु करातेमा प्रशस्त भए पनि आठांै राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि करातेले दुःखले आफै बन्द प्रशिक्षण चलाईरहेको अध्यक्ष राईले बताए । आफ्नो वडाभीत्रको खेलाडी भएको नाताले पनि राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेल्ने खेलाडीलाई केही न केही सहयोग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले बताएका छन् । राष्ट्रिय खेलकुद प्रतियोगीतामा करातेबाट मात्रै ६ जना खेलाडी छनौटमा पर्नु आफैमा गौरवको विषय हो । तर ! त्यससँग सम्बन्धित व्यक्ति र कार्यालयले कुनै चासो देखाएको छैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन