2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मैत्रीपुर्ण फुटबलः २ का विरुद्ध ३ गोल गर्दै प्रेस युनियन खोटाङ विजयी

बैशाख २, खोटाङ | प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन खोटाङबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा प्रेस युनियन विजयी भएको छ । नयाँ बर्ष २०७६ को अवसरमा प्रेस युनियनले प्रेस संगठनलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । 

आईतबार दिउँसो दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगीतामा पहिलो हाफमा युनियनले संगठनलाई ३ गोल गरेको थियो । पहिलो हाफमा १ गोल पनि नगरेको संगठनले दोस्रो हाफमा २ गोल गरेको थियो । युनियनले पहिलो हाफमा गरेको ३ गोल नै निर्णायक बनेपछि युनियन विजयी भएको हो । प्रतियोगीताको लागि सेतो जर्सीमा प्रेस संगठन नीलो जर्सीमा प्रेस युनियन मैदानमा उत्रिएका थिए । 

दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकाको प्रायोजनमा भएको मैत्रीपुर्ण फुटवल प्रतियोगीता १ घण्टा संचालन भएको थियो । नगर प्रमुख दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा मैत्रीपुर्ण फुटवल प्रतियोगीता भएको हो । प्रतियोगीताका लागि नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले एक थान फुटवल दुई संगठनलाई संयुक्तरुपमा प्रदान गरेका छन् । नयाँ वर्षसंगै सृजनात्मक काममा लाग्नुपर्छ भन्दै दुवै संगठनले आधा घण्टा खेलमैदान सरसफाई समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई