२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कुस्तीमा सुदूरपश्चिमको सफलता

२०७६, २५ बैशाख बुधबार ०२:५५

वैशाख २५, भीमदत्तनगर । दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहनुभएका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि फुटबल खेलबाट खेलकूदमा प्रदेश गरेका चन्द सात वर्षपछि कुस्ती खेलमा आबद्ध भए । 

विसं २०५८ मा भएको जुनियर राष्ट्रिय फुटबलसमेत खेलेका चन्दले कुनै घटना विशेषले उहाँलाई कुस्तीतर्फ डो¥यायो । विभिन्न चरण पार गर्दै २०५८ सालमै पहिलोपटक नवौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) का लागि छनोट प्रतियोगितामा रजत पदक जितेका चन्दले साफ खेलकूद प्राविधिक कारणले सरेपछि सोही छनोट पुनः२०६० सालमा भाग लिन पुगेको बताउँछन् ।

“दोस्रो पटकको साफ छनोटमा ५५ केजीतौल समूहमा स्वर्ण जिते ।” उहाँले भन्नुभयो, “दुई महीनाको बन्द प्रशिक्षणपछि साफ खेल्न पाकिस्तान पुगे पनि त्यो सहभागिता मात्रै बन्न पुग्यो ।” पहाडीया मूलबाट पहिलोपटक साफ खेल्न पाकिस्तान पुगेको भन्दै उहाँले नेपालमा कुस्तीमा मधेशी मूलका खेलाडीको बाहुल्यता रहेको बताउनुभयो ।

भारतको पटियालामा कुस्ती खेलमा डिप्लोमा कोर्स गरेर फर्किएपछि २०६५ सालमा कञ्चनपुरमा करार सहायक प्रशिक्षकमा नियुक्त हुनुभएका चन्दको निरन्तरको प्रशिक्षणकै परिणम हिजोआज हुने कुस्तीका प्रतियोगितामा देखिन थालेको छ । “कवर्डहलमा हामीलाई खेलाउन हलसमेत छैन ।” करीब २०० भन्दा बढी खेलाडी उत्पादन गरिसकेका चन्दले भन्नुभयो, “खेलकूद सामग्री त धेरै टाढाको विषय भइगयो ।”

उहाँले कुस्तीमा कञ्चनपुर मुलुककै अब्बल सावित भए पनि खेल सामग्रीमा ‘म्याट’ बाहेक अरु केही नभएको गुनासो पोख्नुभयो । “निरन्तर प्रशिक्षणमा महिला तथा पुरुष गरी ४२ खेलाडी छन् ।” उहाँले भन्नुभयो, “हलमा १२/१४ भन्दा बढी अट्दैनन् ।” कुस्ती खेलका चन्द सुदूरपश्चिम प्रदेशका एक्ला प्रशिक्षक हुन् ।

सुदूरपश्चिम कुस्ती खेलाडी उत्पादनको उच्च सम्भावना रहे पनि राज्यको ध्यान नपुगेको उहाँको भनाइ छ । २०६२ र ०६५ सालमा भएका राष्ट्रिय कुस्तीमा पदकधारी चन्दले कुस्तीमा भएको विभेदकै कारण प्रतिस्पर्धामा उत्रिन छाडेको विगत सुनाउनुभयो ।

हाल सुदूरपश्चिममा कुस्तीका लागि दक्ष एवं सबै प्रक्रिया पुगेका अन्तर्राष्ट्रियस्तरका अग्रज खेलाडी रहे पनि यहाँ प्रशिक्षक थप्ने कुनै चासो नदेखिएको बताउनुभयो ।

भीमदत्तनगरकै कुस्ती प्रशिक्षक श्यामसिंह थापाबाट प्रशिक्षण लिएका चन्दले पछिल्लो समय निकै पदकधारी खेलाडी उत्पादन गरी सुदूरपश्चिम प्रदेशकै नाम राखेका छन् । हालै सम्पन्न आठौँ बृहत् राष्ट्रिय खेलकूदमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका कुस्तीमा महिला खेलाडीले छ स्वर्ण दिलाएपछि कुस्तीको चर्चा यहाँको खेल जगत्मा चुलिएको छ ।

“पहिलोपटक बृहत्मा समावेश गरिएको १० वटा महिला तौल समूहमा हामीले छ स्वण जित्यौँ ।” चन्दले भन्नुभयो, “महिला र पुरुष गरी कुस्तीमा सहभागी भएका २० खेलाडीमध्ये एक जना मेडलसहित फर्किए ।” आठौँ राष्ट्रियमा सुदूरपश्चिमका लागि स्वर्णको वर्षा नै महिला कुस्तीबाजले गराएको उहाँले बताउनुभयो । अध्ययनलाई समेत निरन्तरता दिइरहेका प्रशिक्षक चन्द स्नाकोत्तर तहका विद्यार्थी पनि हुन् । 

चन्दले उत्पादन गरेका खेलाडीले राष्ट्रकै प्रतिनिधित्व गर्दै साफ तथा एशियन खेलकूद प्रतियोगितासम्म भाग लिइसकेका छन् ।

“अहिले पदकधारी खेलाडी विभागीय टिममा जाने लहर चलेको छ ।” चन्दले भन्नुभयो, “हरेक विभागीय टिममा सुदूरपश्चिमका खेलाडी अटाएका छन् । “एकल खेल हो मिहनेत गरे फल कहीँ जान्न ।” चन्द भन्छन्, “खेलाडीको सफलता नै हाम्रो गौरवको विषय हो ।”

पछिल्लो समय कुस्ती हलका लागि पहलरत प्रशिक्षक चन्दले स्थानीय तहदेखि राष्ट्रिय खेलकूद परिषद्सम्म हलका लागि गुहार माग्ने योजनामा रहेको बताउँछन् । “सुदूरपश्चिममा कुस्ती खेलमा महिला खेलाडी बढी ऊर्जावान निस्किए ।” उहाँले भन्नुभयो, “मुलुकमा स्वर्ण जितेर मात्रै पुग्दैन, अन्तर्राष्ट्रिय पदक जित्न व्यवस्थापकीय पक्ष पनि बलियो हुनु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी