2026-07-24 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सरस्वती र धिप्लुङ मावि प्रथम

चिसाङ शेर्पा | असार १, खोटाङ | दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा पुरुषतर्फ सरस्वती मावि डाँडाखर्क र महिलातर्फ धिप्लुङ मावि छितापोखरी प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रको अन्तर मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा उक्त माविहरुले प्रथम स्थान हाँसिल गरेका हुन् ।

खेलकुदको विकासका लागि नेपाल सरकारको शसर्त अुनदानबाट आएको बजेट अन्र्तगत गाउँपालिकाको डाँडागाउँ खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ शान्ति निकेतन मिनाकर्ण मावि सापातेल दोश्रो, शान्ति मावि टेम्मा तेश्रो भएका छन् । महिलातर्फ कृष्ण मावि टेम्मा दोश्रो र शान्ति निकेतन मिनाकर्ण मावि सापातेल तेश्रो भएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए ।

प्रतियोगितामा शान्ती मावि टेम्माका सरोज खत्री, शान्ति निकेतन मिनाकर्ण मावि सापातेलका अन्सुना परियार अनुशासित खेलाडी घोषित भए । धिप्लुङ मावि छितापोखरीका जानुका मगर र शान्ति निकेतन मिनाकर्ण मावि सापातेलकै प्रज्ज्वल वस्नेत उत्कृष्ट खेलाडीमा छानिएका छन् । प्रज्ज्वल उत्कृष्ट मार्च पासमा छनौट भएका छन् ।

विजयी पुरुष समुहले क्रमशः १२ हजार, नौ हजार, चार हजार पाँच सय, महिला समुहले क्रमशः १२ हजार, नौ हजार र चार हजार पाँच सय नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला÷पुरुष अनुशासित दुई खेलाडीले जनही एक हजार दुई सय र महिला/पुरुष उत्कृष्ट दुई खेलाडीले जनही एक हजार दुई सय र उत्कृष्ट मार्चपास एकजना खेलाडीले जनही एक हजार पाँच सय नगद पुरस्कार पाएका छन् । पुरस्कार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले वितरण गरेका हुन् । गत जेठ शुक्रबार र शनिबार आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ ११ र पुरुषतर्फ १४ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक