जेठ १३, काठमाडौ |"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौ |"/>
२०८२, १५ चैत्र आईतवार
खेलकुद

कोलकाता हैदारावादसँग पराजित, फाइनलका लागि फेरी गुजरातसँग भिड्ने

२०७३, १३ जेष्ठ बिहीबार ०७:३०

जेठ १३, काठमाडौ | इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको बुधबारको खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै सनराइज हैदारावादले फाइनल खेलमा प्रवेश गर्ने बलियो मौका पाएको छ ।

बुधबार राति भएको एलिमिनेटरमा हैदरावादसँग कोलकाता २२ रनले पराजित भएको हो । यो हारसँगै कोलकाता खेलबाटै बाहिरिएको छ । विजयी भएको हैदरावादले अब फाइलनमा प्रवेश गर्नको लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग शुक्रबार दोस्रो क्वालिफाएर खेल्नेछ ।

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रनमात्र बनायो। उसका लागि मनिष पाण्डेयले ३६, कप्तान गौतम गाम्भीरले २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए।

यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका युवराज सिंहले ४४, मोइसिस हेनरिक्सले ३१ तथा कप्तान डेविड वार्नरले २८ रन बनाए । हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए ।

शुक्रबार दोस्रो क्वालिफाएर खेलपछि विजेताले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोरसँग फाइनल खेल खेल्नेछ । रोयल च्यालेन्जर्स बैंग्लोर यसअघिनै गुजरातलाई हराएर फाइनलमा पुगिसकेको छ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइलन आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो