२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुदै, टिम दर्ताको लागि आह्वान

२०७६, २ आश्विन बिहीबार ०६:२४

सुनिल कुँवर | असोज २, काठमाडौँ | "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद",  "बुङ्गलको पर्यटन प्रबर्द्धन र विकासका लागी खेलकुद "  भन्ने मूल नाराका साथ् (बिसीए) कप २०७६ आयोजना गरिएको छ | बुङ्गल क्रीकेट एसोसिएसन(BCA)को आयोजनामा आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म  बझाङ जिलाको बुङ्गल नगरपालिका १, दहबगर ( महेन्द्र मा.वि ) मा सन्चालन हुन् लागेको हो |

उक्त प्रतियोगितामा बिजेतालाई  रु १,५१,००० (एक लाख एकाउन्न हजार ) पुरस्कारको ब्यबस्था गरिएको छ | जुन हालसम्म बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता भएको बिसिएका सस्थापक नरेश कुँवरले जानकारी दिए | प्रतियोगितामा बझाङ जिल्ला  भित्रका ( २०  भन्दा बढी  ) टिमहरुको सहभगिता रहने अनुमान गरिएको छ | त्यस्तै प्रतियोगितामा प्रत्येक टिममा बझाङ जिल्ला भन्दा बाहिरको बढीमा ५  जना सम्म खेलाडीले खेल्न पाउने, प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको ब्यबस्था गरिएको छ | जस अनुसार प्लेयर अफ द टुर्नामेन्ट रु १०,०००  (दस हजार) ,उत्कृष्ट बलर रु ५०००( पाँच हजार  ), उत्कृष्ट ब्याट्सम्यान रु ५००० ( पाँच  हजार ) ,प्रत्येक खेलको प्लेयर अफ द म्याच रु ५०० (पाँच सय  ), सेमिफाइनल र फाइनल खेलको प्लेयर अफ द म्याच क्रमशः  रु १,००० (एकहजार  ) साथमा आकर्षक ट्राफी , मेडल र प्रमाणपत्र पाउने बिसिएले जनाएको छ |

प्रतियोगिता  नकआउट को आधारमा टेनिस (रबर ) बलले खेलाइने बताइएको छ | टिम दर्ता (२०७६/६/०२ देखि २०७६/६/२५)  असोज २ गते देखि असोज २५ गतेसम्म गरिसक्नुपर्ने र टिम दर्ता शुल्क रु ८,००० (आठ हजार ) लाग्ने छ | टिम दर्ता गर्न कृषि विकास बैंकमा  बुङ्गल क्रीकेट एसोसिएसनको नाममा  रहेको खाता न.  ०८२६५०१३२७८७३०११  मा जम्मा गर्नु पर्ने छ | त्यस्तै प्रतियोगितामा टिम ब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी टिम स्वयमले बेहेर्नुपर्ने जनाइएको छ |

बुङ्गलको विकास र पर्यटन प्रवर्धनका लागि बिसीएले बिगत २०७२ सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको सस्थापक अध्यक्ष नरेश कुँवरले बताए | उनले भने "मुख्य उदेश्य भनेको बुङलको पर्यटन प्रबर्द्धन र भर्जिन पर्यटकिय स्थानको बिकास र प्रचार गर्ने हेतुले (BCA) कप आयोजना गर्दै आएका छौ " | २०७२ साल देखि आयोजना हुदै आएको बिसीए कप ४० हजारबाट सुरु गरिएको थियो | समान धनराशिको २०७२/७३ सालमा आयोजना गरिएको प्रतियोगिता (BCA-CUP) आयोजकले नै जितेको थियो | 

उक्त प्रतियोगिताहरु बझांगको बुङ्गल नगरपालिका ४ सरस्वती मा.वि मा सम्पन्न गरिएको थियो | भने २०७४ सालमा बझांग क्रिकेट एकेडेमीले जितेको थियो | त्यस्तै  २०७५ सालको एक लाख ५० हजार सहित कपको बिजेता दुर्गाथली -५ रहेको थियो | उक्त प्रतियोगिता सरस्वती मा वि बिजगाडा र कन्या मावि बटुल्सेरामा सम्पन्न गरिएको थियो | बुङ्गलका पर्यटकीय स्थलहरु बाइसधारा, बड्डी ज्यावन र खोल्लेकलाइ राष्टिय स्तरमा पहिचान गराउने उदेश्यका साथ् उक्त प्रतियोगिता आयोजना गरिएको हो | थप जानकारीका लागि :-

 #आनन्द कार्की (अध्यक्ष )  

     ९८६९३७१५०५, ९८१८५१९४४८ 

#अशोक कार्की (सचिब ) 

  ९८६५०५२१६८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी