साउन ६, मकवानपुर | फुटबल खेलाडी अन्जन विष्ट गत वर्षको युवा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, मकवानपुर | फुटबल खेलाडी अन्जन विष्ट गत वर्षको युवा "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबल खेलाडी अन्जन विष्ट युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित

६ श्रावण २०७३, बिहीबार १८:०९

साउन ६, मकवानपुर | फुटबल खेलाडी अन्जन विष्ट गत वर्षको युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । 

खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट युवा खेलाडीको अवार्डबाट विष्ट सम्मानित भएका हुन् ।  हेटौडका १८ वर्षे अन्जन एपिएफ क्लबका खेलाडी हुन् । गत वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइन विरुद्ध उनले एक गोल गरेका थिए भने दुई गोलका लागि पास मिलाएका थिए ।  अन्जनले १२ औं सागको फुटबलमा पनि दुई गोल गरेका थिए । उनले सागमा भुटान र माल्दिभ्सविरुद्ध १–१ गोल गरेका थिए । 

त्यस्तै १९ वर्षमुनिको साफ च्याम्पियनसिपमा अन्जनले ३ गोल गरेका थिए । स्पेनको मार्बेला युनाइटेड क्लबबाट युरोपमा उमेर समूहका आमन्त्रण प्रतियोगिता समेत अन्जनले खेलेका छन् । त्यस्तै अन्जनले राष्ट्रिय लिगमा २ गोल गरेका छन् । वर्षका युवा खेलाडीको मनोनयनमा परेका उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटमा सन्दीप लामिछाने र जुडोकी मनीता श्रेष्ठ प्रधानलाई पछि पार्दै अञ्जनले अवार्ड जितेका हुन् । उनले गतवर्षको उत्कृष्ट युवा खेलाडी हुँदै नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । त्यस्तै उनले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।

सानैबाट फुटबलमा अब्बल रहेका विष्टले हेटौँडाको एफसी पोतालाबाट आफ्नो ब्यवसायीक फुटबल करियर सुरु गरेका थिए ।स्थानीय स्तरको फुटबलमा निकै उत्कृष्ट छाप बनाएका विष्टको फुटबल खेल्ने विशेष शैलीको कारण उनी राष्ट्रिय टिममा महत्वपूर्ण स्थान बनाउन सफल भए । अर्वाड ग्रहण गर्दा विष्ट केहि भावुक देखिए । उनले आफुलाई फुटबल खेल्न सधै प्रेरणा दिने खेल पत्रकार स्वर्गिय सुमन भोम्जनलाई सम्झे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने