2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

व्यायामशालालाई सामग्री हस्तान्तरण

असार २०, खस्यौली । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दीपनगर चोकमा पहिलो खुला व्यायामशाला निर्माण हुने भएको छ ।

 दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामग्री तथा उपकरण आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आज तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेलाई व्यायामशालाका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो । व्यायामको लागि चाहिने एक सेट उपकरणको मूल्य रु १० लाख रहेको छ ।

 विभागबाट प्राप्त सामग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायमशाला सञ्चालनमा ल्याइने नगरप्रमुख घिमिरेले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा अन्य स्थानमा समेत खुला व्यायामशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

 कार्यक्रममा विभागका महानिर्देशक उपाध्यायले स्वस्थ जीवनका लागि शारीरिक व्यायामको भूमिका महत्वपूर्ण हुने भएकाले नगरपालिकालाई सामग्री सहयोग गरिएको बताउनुभयो । जनभावना माध्यामिक विद्यालय नजिकैको खुला स्थानमा बनाइने व्यायामशालामा एकपटकमा १० जनाले व्यायाम गर्न सक्नेछन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका नसर्ने रोग बढेको बताउँदै स्वस्थ जीवनशैलीका लागि व्यायामशालाको महत्व अझै बढेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई