2026-09-19 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राखेपद्वारा गण्डकी प्रदेशमा नौ खेल पूर्वाधार निर्माण सम्झौता

फागुन ३, कास्की । राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ । 

कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग रु एक करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिनुभयो । पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । रु ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रङ्गशाला निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । सो रङ्गशालाको लागत अनुमान रु ५५ लाख ९२ हजार १६१ छ । लमजुङ कभर्डहल निर्माणका लागि रु १० लाख, म्याग्दीको बेनी रङ्गशाला निर्माणका लागि रु १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि रु १० लाख, तनहुँको चिन्टुटार रङ्गशाला निर्माणका लागि रु १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि रु १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि रु १० लाख र गोरखा रङ्गशाला स्तरोन्नतिमा रु १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।

सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी विसं २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी हुनुहुन्थ्यो । 

खेलकूद अभिमुखीकरण शुरु

राखेपको आयोजनामा गण्डकी प्रदेशको खेलकूद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा शुरु भएको छ । कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, भेट्रान खेलाडी र स्थानीय खेल सङ्घका प्रतिनिधि गरी १४९ को सहभागिता रहेको थियो ।

कार्यक्रममा सदस्यसचिव सिलवालले गण्डकी प्रदेशलाई खेलकूद पर्यटनको शहरका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा लगानी वृद्धि गरिएको बताउनुभयो । कार्यक्रमको पहिलो दिन सदस्यसचिव सिलवालले खेलकूद व्यवस्थापन, डा ज्ञानेन्द्रविक्रम शाहले ‘स्पोर्ट्स मेडिसिन’, सागमा कराँतेतर्फ स्वर्णधारी सुलोचना सिजख्वाले खेल मनोविज्ञान, रमन नेपालीले खेल उत्प्रेरणा, राजेन्द्ररत्न तुलाधरले ‘फिटनेस’ र  र सकुना देनीले ‘मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स’ बारे जानकारी गराउनुभएको थियो । राखेपले यसअघि देशका अन्य छ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रम आज समापन हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई