दीपेन्द्र सापकोटा/साउन २५, काठमाडौँ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दीपेन्द्र सापकोटा/साउन २५, काठमाडौँ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम"/>
२०८२, २२ चैत्र आईतवार
काठमाडौँ - KTM

विश्वले चिनेकी कान्छी गौरिका

२०७३, २५ श्रावण मंगलवार ०८:१२

दीपेन्द्र सापकोटा/साउन २५, काठमाडौँ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । 

त्यसरी नाम लिनाको कारण उहाँले स्वर्ण पदक जितेकाले पक्कै होइन । सय मि ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, तर त्यहाँ उहाँ ३१औँ स्थानमा रहन पुग्नुभयो । पहिलो चरणबाटै बाहिरिनुभएकी उहाँभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहेका थिए । 

वास्तवमा त्यहाँ गौरिकाको नाम बारम्बार आउनाको कारण यस्तो थियो, उहाँ प्रतियोगिताकै सबभन्दा कान्छी खेलाडी हुनुहुन्थ्यो । दुई सय छ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’मा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उहाँको चर्चा चुलिएको छ । अहिले उहाँ विश्व चर्चित सञ्चारमाध्यमको खोजीको विषय हुन पुग्नुभएको छ । 

भर्खर १३ वर्षीया गौरिकालाई गत बिहीबार फ्रान्सेली समाचार संस्था एएफपीले लामो कुराकानी गरेको थियो । सो क्रममा उहाँले भन्नुभयो – “मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी भने थिइन । मैले धेरै सानो उमेरदेखि पौडी खेल्न सुरु गरेकी थिएँ तर यसले मलाई यहाँसम्म पु¥याउनेछ भनेर विश्वास भने थिएन ।” कान्छी खेलाडी हुनाको राजबारे उहाँको तर्क यस्तो छ – “मैले यसबारे खासै सोचेकी भने छैन । अरु सबै खेलाडी जस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले अरुभन्दा म धेरै फरक छैन ।” यीबाहेक ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’लगायत प्रमुख सञ्चारमाध्यमले समेत उहाँलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् । 

आइतबार प्रतिस्पर्धाकै क्रममा गौरिकाले आफ्नो ‘स्विमसुट’ च्यातिएका कारण पौडन अप्ठ्यारो परेको बताउनुभएको थियो । यस कुरालाई ब्राजिलसँगै विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ ‘हाइलाइट्स’ गरे । 

गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थाल्नुभएको हो । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आउनुभएकी उहाँ आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्नुहुन्छ । गौरिका चार वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त हुनुहुन्थ्यो । 

करिब छ महिनाअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक रजत र तीन कास्य पदक जित्नुभएका उहाँले नेपाली पौडीमा तीन पल्ट राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । 

जारी ओलम्पिकबाट बाहिरिए पनि उहाँले ‘हिट वान’ चरणमा पहिलो स्थान हासिल गर्नुभयो । उक्त एक मि ब्याकस्ट्रोक उहाँले १ मिनेट ८ दशमलव ४५ सेकेन्डमा पूरा गर्नुभएको थियो । उहाँ आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुक्नुभयो । यो अपेक्षा विपरीत भए पनि नेपाली ओलम्पिकका लागि भने कीर्तिमान नै हो । हालसम्म नेपाली पुरुष पौडीबाजले समेत यो स्पर्धा १ मिनेट १२ सेकेन्डमा मात्र पूरा गर्न सकेका छन् । 

यता घरेलु देश नेपालमा झन् गौरिकाको चर्चा चुलिएको छ । नेता, अभिनेता, खेलाडी, व्यवसायी लगायत सबै क्षेत्रका मानिसले उहाँलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनीहरुको सार यस्तो छ – “गौरिकाले हारेर पनि जितेकी छिन् ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते