शेरबहादुर सिंह, साउन २८, भीमदत्तनगर सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपङ्क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शेरबहादुर सिंह, साउन २८, भीमदत्तनगर सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपङ्क्"/>
२०८२, १५ चैत्र आईतवार
कन्चनपुर - KNC

एउटै नगरपालिकाका तीनजना ओलम्पियन

२०७३, २८ श्रावण शुक्रबार ०८:४२

शेरबहादुर सिंह, साउन २८, भीमदत्तनगर सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपङ्क्तिमा छ । 

हाल ब्राजिलमा जारी रियो ओलम्पिकमै कान्छी खेलाडीका रुपमा चर्चा बटुलेकी पौडीबाज १३ वर्षीया गौरिका सिंहदेखि ग्रीष्मकालीन ओलम्पिकका एक दर्जन संस्करणमा सहभागी नेपाली खेलाडीमध्ये नेपालको रेकर्ड कायम गर्ने मुक्केबाज विष्णुबहादुर सिंह सुदूरपश्चिमकै हुन् । 

अझ सुदूरपश्चिममा पनि भीमदत्तनगरपालिका तीनजना ओलम्पियन जन्माउने नगरपालिकाका रुपमा परिचित बन्न पुगेको छ । गौरिका भीमदत्त नगरपालिका–१८ भगतपुर र विष्णुबहादुर भीमदत्त नगरपालिका–१४ वनकट्टीका बासिन्दा हुन् । सानै उमेरमा पौडीमा सातवटा राष्ट्रिय कीर्तिमान रचेकी गौरिकाले रियो ओलम्पिकमा पनि प्रदर्शनलाई सवल बनाइन् । गौरिकाको प्रदर्शनभन्दा पनि सहभागिताले नेपालका लागि रियो ओलम्पिक ऐतिहासिक बन्न पुगेको छ । 

सन् १९८८ को सोल ओलम्पिकमा नेपालबाट विभिन्न खेलमा १७ जना खेलाडी सहभागी थिए । जसमध्ये सुदूरपश्चिमबाट मुक्केबाज विष्णुबहादुर, डम्बरदत्त भट्ट र भारोत्तोलन खेलाडी भरतबहादुर साउदले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । 

जसमा मुक्केबाज सिंहले पाराग्वेका मुक्केबाजलाई पराजित गरेर पहिलो चरण पार गरेका थिए । उनको त्यो ‘बाउट’ नै ओलम्पिकमा नेपालको एक मात्र रकेर्ड हो । हाल सुदूरपश्चिम क्षेत्रीय वरिष्ठ बक्सिङ प्रशिक्षक रहनुभएका सिंहले पछिल्लो समय बक्सिङ खेलको स्तर खस्किरहेकै कारण सन् १९८८ यता ओलम्पिकमा नेपाली बक्सर सहभागी हुन नसकेको बताउनुभयो । 

उहाँले जुनसुकैस्तरको प्रतियोगिता भए पनि खेलाडीलाई प्रशिक्षण र आवश्यक खेल सामग्रीका साथै पूर्वाधार हुनुपर्नेमा जोड दिनुभयो । 

“दुई महिने प्रशिक्षणले ओलम्पिकमा पदकको आश गर्नु बेकार कुरा हो ।” उहाँले भन्नुभयो – “राज्यले खेलकुदमा गरेको लगानी खेलाडी, प्रशिक्षक र खेलसामग्रीका साथै पूर्वाधारण निर्माणमा खर्च गर्नुपर्छ ।” उहाँले भन्नुभयो – “खेलकुदमा राजनीति हावी भएसम्म खेलकुदको विकास हुन सक्दैन ।” 

विसं २०४० मा कञ्चनपुरको महेन्द्रनरमा बक्सिङ प्रशिक्षण लिएका सिंहले प्रशिक्षण लिएको चार वर्षमै ओलम्पिकको यात्रा तय गर्न सफल भएका थिए । त्यसैगरी मुक्केबाज सिंहसँगै महेन्द्रनगरमै बक्सिङ प्रशिक्षण लिएका भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा मुक्केबाज डम्बरदत्त भट्ट र धनगढीका भरतबहादुर साउद पनि सोल ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । भारोत्तोलन खेलमा प्रतिस्पर्धा गरेका साउदको निधन भइसकेको छ । 

त्यस्तै कञ्चनपुरका बक्सिङ प्रशिक्षक रहनुभएका मुक्केबाज भट्टले १४ वर्षको उमेरमा बक्सिङ खेल्न सुरु गरेको बताउनुभयो । पछिल्लो समय कञ्चनपुरको भीमदत्तनगरमा आधुनिक बक्सिङ प्रशिक्षण केन्द्र स्थापना गरेर खेलाडी उत्पादनमा जोड दिएका भट्टले आशा हमाल, रणबहादुर साउद, विमल सिंहलगायत राष्ट्रिय खेलाडी उत्पादन गरेको बताउनुहुन्छ । “नयाँ आउने खेलाडीलाई खेलकुदमा भविष्य हुने प्याकेज ल्याए खेलप्रति लगाव बढ्छ ।” उहाँले भन्नुभयो – “खेलकुद राष्ट्रको गौरवसित जोडिएको विषय हो ।” 

रियो ओलम्पिकमा सहभागी सातजना खेलाडीमध्ये सर्वत्र चर्चामा रहेकी गौरिका डा पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन् । पुख्र्यौली घर बझाङ भए पनि उनीहरु दशकौँदेखि भीमदत्तनगरपालिका–१८ भगतपुर बस्दै आएका छन् । पछिल्लो समय परिवारसितै लण्डन बस्दै आएका गौरिका भूकम्प जाँदा भने स्वदेशमै थिइन् । 

त्यसैगरी तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्ट र रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी खेलाडी सरस्वती भट्टराई सुदूरपश्चिमकै हुन् । विष्ट कञ्चनपुरको रैकवारविचुवा गाविसका स्थानीय हुन् भने डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा निवासी धावक भट्टराई हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध छन् । रियो ओलम्पिकमा भट्टराईले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । 

ओलम्पिकमा मात्रै नभएर अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न खेलमा सुदूरपश्चिमका दर्जनौँ खेलाडीले प्रतिस्पर्धाका साथै पदक हासिल गरिसकेका छन् । पछिल्लो समय क्रिकेट, कबड्डी, तेक्वान्दो, भलिबल, हक्की लगायतका खेलमा पनि राष्ट्रिय टिममा सुदूरका खेलाडी सहभागी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना