2026-08-25 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

कात्तिक २२, लमजुङ | गत वर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता यस वर्ष हुने भएको छ । बेँसीशहरस्थित त्रिवेणी युवा क्लबले सहजी रंगशालामा २९औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । आगामी १२ पुसदेखि त्रिवेणी कप फुटबल प्रतियोगिता संचालन गरिने क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

नयाँ कार्यसमितिको १३ कात्तिकमा आयोजना गरिएको तेस्रो बैठकले त्रिवेणी कप फुटबल प्रतियोगतालाई निरन्तरता दिने निर्णय गर्दै खेल संचालनका लागि अध्यक्ष विनोद गुरुङको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ । जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । उनले भने, ‘खेलले पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनसमेत सहयोग पुग्नेछ ।’ 

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद तीन लाख रुपैयाँ त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, दोस्रो हुने समूहले रजत पदकसहित नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई समेत नगद १० हजार रुपैयाँ बराबरको ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग