2026-10-23 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

कात्तिक २२, लमजुङ | गत वर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता यस वर्ष हुने भएको छ । बेँसीशहरस्थित त्रिवेणी युवा क्लबले सहजी रंगशालामा २९औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । आगामी १२ पुसदेखि त्रिवेणी कप फुटबल प्रतियोगिता संचालन गरिने क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

नयाँ कार्यसमितिको १३ कात्तिकमा आयोजना गरिएको तेस्रो बैठकले त्रिवेणी कप फुटबल प्रतियोगतालाई निरन्तरता दिने निर्णय गर्दै खेल संचालनका लागि अध्यक्ष विनोद गुरुङको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ । जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । उनले भने, ‘खेलले पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनसमेत सहयोग पुग्नेछ ।’ 

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद तीन लाख रुपैयाँ त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, दोस्रो हुने समूहले रजत पदकसहित नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई समेत नगद १० हजार रुपैयाँ बराबरको ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने