२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्पेन र क्रोयशियाको विश्वपकमा स्थान पक्का

२०७८, २९ कार्तिक सोमबार ०२:४७

कात्तिक २९, काठमाडौं | स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् । 

स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो । 

जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोयशिया विश्वकपमा स्थान बनाउन सफल भयो ।

आइतबार राति भएको खेलमा क्रोयशियाले रुसलाई १–० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोयशियालाई भएको हो ।  

जितसँगै क्रोएसिया १० खेलमा २३ अंक बनाएर शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । दोस्रो स्थानको रुसको १० खेलमा २२ अंक जोड्यो ।

रुसको प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्