पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियत"/>
2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मध्यपुरथिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई सधैँ उच्च राख्ने दायित्व देशका हरेक नागरिकको भएको औँल्याउनुभयो । 

भावी पुस्तालाई पनि राष्ट्रिय गौरबको काम गर्दै देशको नाम उच्च राख्न प्रेरित गर्नुपर्ने औल्याउँदै उहाँले खेल र उत्कृष्ट खेलाडीको जीवनीलाई विद्यालयस्तरदेखिनै पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल एवम् खेलाडीको विकासका लागि विगतमा पनि सहयोग गर्दै आएको र अहिले पनि सहकार्य गरेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको एकैचोटी हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट २२ वटा समूहमा १४० खेलाडीको सहभागिता रहेको जानकारी दिनुभयो ।

आजदेखि २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी वजन समूमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

विजयीमध्ये महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० वटा पदक प्रदान गरिनेछ । 

सो अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपाल भारोत्तोलन सङ्घले सम्मान गरेको छ । सङ्घका अध्यक्ष श्रेष्ठले उहाँलाई ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता रामकाजी त्वातीलगायतलाई सम्मान गरिएको थियो । 

त्यस्तै भारोत्तोलनमा पहिलो स्वर्ण पदक बिजेता कमल अधिकारी, महिलातर्फ सञ्जु चौधरी र विकास थापालाई जनही रु १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई