माघ २,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, 
2026-08-25 04:34 PM
खेलकुद

टि–१० क्रिकेटः कैलपाल च्याम्पियन

माघ २, बैतडी | कैलपाल क्रिकेट क्लब दशरथचन्द  नगरपालिका–११ मा सम्पन्न  नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले हराउँदै कैलपालले उपाधि हात पारेको हो । 

एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले नौ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । कैलपालका लागि प्रारम्भिक ब्याट्सम्यान प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै अविजित ७३ रन जोडे । यस्तै अर्का प्रारम्भिक ब्याटस्म्यान राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए । बलिङतर्फ एनआरवासीका कप्तान मदन चन्दले दुई विकेट लिए ।  

त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित १० ओभरको खेलमा तीन विकेटको क्षतिमा ११८ रन बनायो । उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान दिए । बलिङतर्फ कैलपालका महेश चन्द र गोविन्द नाथले एक एक विकेट लिए । खेलको म्यान अफ दी म्याच कैलपालका प्रदीप चन्दलाई घोषित गरिएको स्कोरर मुकेश चन्दले जानकारी दिए । उपाधिसँगै कैलपालले रु २० हजार तथा उपविजेता एनआरवाइसीले रु १० हजार पुरस्कार प्राप्त गर्यो ।  

यस्तै प्रतियोगिताभर २२० रन तथा दुई विकेट लिएका कैलपालका प्रदीप चन्द म्यान अफ दी सिरिज भए । एक सय ९५ रन बनाएका कैलपालकै राजु भाट उत्कृष्ट ब्याट्सम्यान, नौ विकेट लिन सफल एनआरवासीका ऋषिकेश बोहरा उत्कृष्ट बलर र एनआरवाइसीकै रोहित चन्द उदीयमान खेलाडी चुनिए । 

एनआरवाईसीको आयोजनामा गत पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेको आयोजक क्लबका अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विजेता र उपविजेता टोली तथा खेलाडीलाई जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेशबहादुर चन्द, नेपाली कांग्रेस क्षेत्र नम्बर ‘ख’ का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ