2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

फागुन २, काठमाडौँ । ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र  म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको  महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो ।

मौलिक खेल ठेलो परापूर्वकालदेखी सञ्चालन हुँदै आएकामा पछिल्लो समय लोप हुँदै गएपछि ठेलो खेलको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा महिला तथा पुरुष खुला ठेलो खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद्ले गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा मंगलबार पोखरा रङ्गशालामा परम्परागत ठेलो खेलको प्रतियोगिता हुने जनाएको छ । परिषद्ले प्रदेशको परम्परागत ठेलो खेल प्रतियोगिता आयोजना गरी सरकार स्थापना दिवस मनाउन लागेको हो । 

प्रतियोगितामा परम्परागत ठेलो खेलका तीन ‘इभेन्ट’ रहने परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फको दुई समूह (ठूलो र सानो ठेलो) तथा महिलातर्फको एक समूहको खेल सञ्चालन हुनेछ । प्रदेशमा परम्परागत खेलको विकास र खेललाई आधुनिक तरिकाले अघि बढाउने अभिप्रायले ठेलो खेलको आयोजना गरिएको सदस्य सचिव गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँघरमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिँदै आएको ठेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै नियमसमेत बनाएर प्रतियोगिता आयोजना गर्न लागेका छौँ । ठेलो खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समावेश गर्नका लागि पनि आधुनिक तरिकाले लैजानुपर्ने हुन्छ ।”

प्रतियोगिताको प्रथम हुनेले उपाधिसहित रु ६० हजार पुरस्कार पाउने छन् भने द्धितीय र तृतीयले क्रमशः रु ३० हजार र १५ हजार प्राप्त गर्नेछन् । गाउँमा खेलिनेभन्दा केही फरक तरिकाले प्रतियोगिता सञ्चालन हुने बताइन्छ । पहिलो चरणमा तीन  पटकसम्म प्रतियोगिले प्रहार गर्न पाउने छन् ।  खेलाडीले चाहेको खण्डमा लगातार तीन पटकनै प्रहार गर्न पनि पाउनेछन् । यस्तै खेलमा दुई वा सो भन्दा बढी खेलाडीको नतिजा बराबर भएमा खेलाडीको दोस्रो नतिजाको वरियतालाई आधार मानेर नतिजा घोषणा हुनेछ ।

दोस्रो नतिजामा समेत बराबरी भएमा क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ प्रहारको उत्कृष्ट नतिजाको आधारमा विजेता घोषणा गरिने छ ।  ठेलो एक हातलेमात्रै फाल्न पाउने र ठेलो फाल्दा साँधमा (निश्चित घेरा) टेकेर फाल्नुपर्नेछ भने फालिएको ठेलो नखसेसम्म बाहिरी भूभागमा छुन गए मान्यता नपाइने नियम बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई