2026-09-19 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग ः भैरहवा–११ र जेभी वरियर्स लुम्बिनी विजयी

चैत्र २२, भैरहवा | रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ । 

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा हुँदै गरेको चौथो संस्करणको खेलमा तिलोत्तमा टाइगर्सलाई ५ विकेटले पराजित गर्दे भैरहवा–११र दोस्रो खेलमा न्यु होराइजनलाई ९३ रनले हराउँदै जेभी वरियर्सले खेल जितेको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जसका लागि आयुष्मान् बमले २९, निर्मल गुरुङले १५ रनको योगदान गरे । बलिङ तर्फ अभिषेक गौतमले ४, अरशद खानले २ विकेट लिए । 

जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको भैरहवाले १८ दशमलव ५ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि सन्दीप रजाइलीले एकलै ५४, पुरन विकले ३० रन बनाए । बलिङ तर्फ अजय चौहानले २ विकेट लिए । पहिलो खेलमा भैरहवाका अभिषेक गौतम  म्यान अफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो । जसका लागि लोकेश बलमे ८६, रोहित पौडेलले ५४ रन बनाए । बलिङ तर्फ मोहम्मद हुसेनले २ विकेट लिए। १५७ रनको लक्ष्य पाएको न्यु होराइजनले १२ ओभरमै अलआउट भएपछि हार व्योहोर्नु पर्‍यो । ६३ रनमा समेटिएको टिमका लागि मनिस थापाले १८ राहुल शर्माले ११ रन बनाए पनि अन्य खेलाडी फिल्ड टिक्न सकेनन् । 

दोस्रो खेलमा लोकेश बम म्यानअफ द म्याच भए । बुद्धबारको नेपथ्य गोल्ड र मणिग्राम किंगसबीच तथा दोस्रो खेल भैरहवा र शंकरनगरबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई