2026-08-25 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने

चैत्र २४, भैरहवा | रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय गरेका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भइरहेको चौथो संस्करणको खेलमा रोयल शंकरनगरलाई सात विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्ड र दोस्रो सेमिफाइनल खेलमा जेभी वारियर्स लुम्बिनीले मणिग्रामलाई २३ रनले पराजित गरेको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको रोयल शंकरनगरले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३७ रन मात्र जोड्न सकेको थियो । जसका लागि ओम सारू मगरले १२ रनको योगदान गरे पनि अन्य खेलाडीले रन जोड्न सकेनन् । 

बलिङतर्फ नेपथ्यका जितेन्द्र यादवले ४, विकेट लिए । जबाफी ब्याटिङमा ३८ रनको झिनो लक्ष्य पाएको नेपथ्यले ६ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । 

जसका लागि विषाद केसीले २२ र विराट भण्डारीले अविजित १५ रन बनाए । बलिङतर्फ  धिरज शाहीले २ विकेट लिए । पहिलो खेलमा जितेन्द्र यादव म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभर मध्ये १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । जसका लागि वसिर अहमदले ४७, प्रदीप जयसवालले २३ रन बनाए । 

बलिङतर्फ गौतम केसी र अमरसिहं रौटेलाले ३–३ विकेट लिए । ११८ रनको लक्ष्य पाएको मणिग्राम किंग्सले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाए पछि लक्ष्य पार गर्न सकेन । ९५ रन मात्रै जोडन सकेको टिमले हार व्योहोर्नु पर्‍यो ।

दोस्रो खेलमा वसिर अहमद म्यानअफ द म्याच भए । शुक्रबार फाइनल खेल बिहान ११ बजे नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स लुम्बिनीबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । 

यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार