2026-08-25 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उपप्रमुख महिला कपमा सहभागी भएनन् सामुदायिक विद्यालय, उपाधि मनकामनालाई

चैत्र २४, भैरहवा | भैरहवामा सम्पन्न तेस्रो उपप्रमुख महिला कपमा सामुदायिक विद्यालयले सहभागिता जनाएनन् । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, महिलाका लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगितामा सामुदायिक विद्यालयले सहभागिता नजनाउँदा छात्राहरुलाई प्रतिष्पर्दाबाट बञ्चित हुन परेको हो । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा विगत ३ वर्ष देखि महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा ग्राह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर प्रतियोगिता आयोजना हुदै आएको छ । 

७३ विद्यालय रहेको सिद्धार्थनगरमा महिला कपमा १९ वटा विद्यालयले खेलको लागि प्रस्ताव दिएपनि १५ विद्यालयले मात्रै खेलमा सहभागिता जनाएका हुन् । सहभागीमध्ये एक विद्यालय मात्रै सामुदायिक रहेको छ । सामुदायिक विद्यालयले छात्राहरुलाई प्रतिष्पर्दामा नपठाउँदा खेदबाट बञ्चित हुन परेको छ । 

सिद्धार्थनगर शिक्षा समितिका सदस्य तथा भानु माविका प्रचार्य मोतिलाल सुवेदीले अपरझट पत्र आएकै दिन फोटो सहितको सहभागिता निवेदन दिनुपर्ने, गर्मी तथा अभ्यास समयको अभाव, परीक्षाको तयारी भएकोले सहभागि नगराएको बताए । शिक्षा तथा यूवा खेलकुद शाखा समितिलाई जानकारी समेत नगराई प्रतियोगिता आयोजना गरेको उनले दुखेशो गरे ।

उपप्रमुख उमा काफ्लेले कर्मचारी अभावले व्यवस्थापनको जिम्मा नगरपालकाले नलिएर आव्हानमा संस्थागत रुपमा दिएको हो, छात्राहरुको अधिकारलाई सुरक्षित गर्न गराइएको कार्यक्रममा सहभागी नै नगराउनु अधिकारबाट बञ्चित गराउनु नै रहेको बताइन । नारा नै महिलाहरुको लागि खेलकुद भएपनि विद्यालयको कारणले छात्राहरुलाई अधिकार दिदा पनि आफ्नो प्रष्फुटन र क्षमता देखाउन नसकेको उनले भनिन् ।  

उपाधि मनकामनालाई 

तेस्रो उपप्रमुख महिला कपमाको उपधि मनकामना वोर्डिङ स्कुलले पाएको छ । गत वर्षको विजेताले यस वर्ष पनि सबै भन्दा बढि मेडल प्राप्त गरी उच्च अंकका साथ उपाधि जित्न सफल भएको हो ।  जितसँगै विजेता ले महिलाकपको रनिगंशिल्ड सहित ३१ हजार नगद पुरस्कार र प्रमाण पत्र पाएको छ । यस्तै नेपाल नालान्दा आवसीय वोर्डिङ स्कुल महिला कपको उपविजेता भएको छ । गत वर्ष दुवै विद्यालयले समान अंक ल्याएर उपाधि जितेका थिए ।

भलिबवल तर्फ मनकामना हाई स्कुल प्रथम, युनिभर्सल हाई स्कुल द्वितीय र सिबी पब्लिक तृतीय भएको छ । उनीहरुलाई क्रमशा नगद २० हजार, १० हजार र ५ हजारले पुरस्कृत गरिएको व्यवस्थापकिय संस्था सामुहिक विद्यालय परिवारका अध्यक्ष मनोज कुमार यादवले जानकारी दिए ।  

वक्तृत्वकला प्रतियोगितामा नेपाल नालन्दाकी आयुषा ज्ञवाली प्रथम, जेसिस इगंलिस बोर्डिगं स्कुलकी कृति खनाल दोश्रो ,न्यू इरा स्कुलकी प्रिया गुप्ता तस्रो भएकाी छन । त्यस्तै प्रतियोगिता उद्घाटन पूर्व भएको प्रभातफेरीमा सहभागी विद्यालय मध्ये प्रथम न्यू इरा ,दोश्रो जेसिज स्कुल र तेश्रो स्थान लुम्बिनी सृजनाले प्राप्त गरी पुरस्कृत भएका छन । हाजिरी जवाफ तर्फ मनकामना स्कुल प्रथम, न्यू इरा स्कुल द्वितीय । नेपाल नालन्दा तृतीय भएको विद्यालय परिवारका सचिव युवराज पोखरेलले बताए ।

चित्रकला तर्फ मनकामना स्कुलकी नेहा गुप्ता प्रथम, सिबी पब्लिक स्कुकी सकिना खातुन द्वितीय र लुम्बिनी सृजना स्कुलकी ओशिका जयसवाल तृतीय भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार