2026-08-25 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग : उपाधि दोस्रो पटक नेपथ्य ज्ञानोदय गोल्डलाई

चैत्र  २५, भैरहवा | रुपन्देहीमा भएको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ ।

 तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक उपाधि जितेको हो ।

 टस जितेर सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रन जोडेको थियो । जसका लागि सर्वाधिक लोकेश बमले ३२, अहमद हुसेनले १२ रन बनाए । 

बलिङतर्फ नेपथ्यका सुनिल धमलाले ४, अमित तामाङले ३ विकेट लिए । जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको नेपथ्यले १९ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । 

जसका लागि सुनिल धमलाले ४८, विशाल केसीले ४३ रन बनाए । बलिङतर्फ किशोर महतो र रोहित पौडेलले समान २–२ विकेट लिए । फाइनल खेलमा सुनिल धमला म्यानअफ द म्याचबाट पुरस्कृत भए ।

च्याम्पियन नेपथ्यले ४ लाख नगद, उप विजेता जेभी वरियर्सले २ लाख  नगद सहित र ट्रफी प्राप्त गरेका छन् । उनीहरूलाई नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र सर्वोत्तम सिमेन्टका रिजनल म्यानेजर रमेश ढकालले पुरस्कृत गरे । 

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी म्यान अफ द सिरीज र वेस्ट व्याट्स मेनबाट जेभी बरियर्सका बसिर अहमदलाई नगद क्रमशः २० हजार र १० हजार सहित ट्रफीबाट पुरस्कृत गरे । 

त्यस्तै वेस्ट बलर रोयल शंकरनगरका धिरज शाहीलाई १० हजार नगद र ट्रफीबाट, त्यस्तै उदयमान खेलाडीबाट एकोन च्यालेन्जर्स भैरहवाका सन्तोष यादवलाई नगद ५ हजार र ट्रफीले पुरस्कृत गरिएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दीपक भुर्तेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन सर्वोत्तम सिमेन्टले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार