६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

२६ चैत्र २०७८, शनिबार १०:१६

चैत्र २६, जुम्ला | जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् ।

चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी  करिब चार सय सहभागी थिए  ।

कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी छन् । आयोजक कर्णाली स्पोर्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् ।

मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभइ कर्णालीकै शीर उच्च राखेको बताए । उनले कर्णाली प्रदेश सरकारले यसको लागि आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री शाहीले बैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गरे । उनले विश्व रेकर्ड राख्ने कर्णालीले क्षमताको यस प्रतियोगिताले सन्देश दिएको छ । 

जुम्ला सदरमुकाम खलंगादेखि मुगु राराताल सम्मको उक्त प्रतियोगितामा प्रथम हुने खेलाडी महिला र पुरुषलाई  एक÷एक लाख धनराशी पुरस्कार दिने क्लबका अध्यक्ष सरोज शाहीले बताए।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या