2026-10-02 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सूर्योदयमा पहिलो “माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज” हुँदै

चैत्र २७, इलाम | इलामको सूर्योदय नगरपालिकामा आगामी बैशाखमा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज हुने भएको छ । ११ किलाेमिटर दुरीमा हुने प्रतियाेिगता ३० बैशाखमा हुने आयाेजकले जनाएकाे छ । प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् । प्रतिस्पर्धामा ३० वर्ष वा सोभन्दा बढी उमेर समूहकाले सहभागीता जनाउन सक्नेछन् । हालसम्म इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका ५० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको आयोजकका अध्यक्ष शरण फागोले जानकारी दिए ।

फिक्कल चोक बजारबाट सुरु हुने प्रतिस्पर्धा नयाँ चोक–केराबारी–आले– सहिद चोक– १० नम्बर वडा कार्यालय–फिक्कल रिङ रोड हुँदै चोक बजारमा पुगेर सकिनेछ । प्रतियोगीतामा सहभागी हुने ज्येष्ठ सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।

स्वास्थ्यको लागि साइक्लिङमा आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज कार्यक्रमको आयोजना गरिएको आयोजकका सल्लाहकार युवराज बस्नेत बताउँछन् । बस्नेत सूर्योदय क्षेत्रमा साइक्लिङ गर्ने पुराना मध्येका एक हुन् । उनले यस क्षेत्रमा साइक्लिङको आकर्षण बढ्दै गएको बताए । “पहिले म एक्लै थिए, अहिले १०-१२ जना भएका छौँ,” बस्नेतले भने, “यो कार्यक्रमपछि बढ्दै जान्छ भन्न आशा छ, अब कम्तीमा २० जना जति हुनुपर्याे ।”

पर्यटकीय नगरीको रुपमा परिचित सूर्योदयमा कोरोना माहामारीपछि खासै पर्यटकीय गतिविधि हुन सकेको छैन । प्रतियोगीताले खस्केको पर्यटनलाई उकास्न योगदान गर्ने आयोजकको अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने