६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी सरकारले सर्वाधिक राशिको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने

२९ चैत्र २०७८, मंगलवार ११:२९

चैत्र २९, पोखरा | गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटवल प्रतियोगिता गर्ने भएको छ । २ वैशाखदेखि सर्वाधिक राशिको नाईन ए साईड राष्ट्रिय भेट्रान्स फुटवल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भैसकेको सरकारले जनाएको छ ।

नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय गराइराख्न प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।

प्रतियोगितामा १९ टिमको सहभागिता हुने अनुमान छ । तिमध्ये पोखराबाट ६ र काठमाडौंबाट ८, वालिङ, हेटौंडा र सिमराबाट टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए ।

प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार एक लाख ५० हजार र सेमिफाइनल पुग्ने टोलीले ३०/३० हजार नगद पाउने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । सर्वोकृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले १५/१५ हजार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या