६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला हिसां विरुद्ध बेसीशहरमा महिला फुटसल प्रतियोगिता हुने

२९ जेष्ठ २०७९, आईतवार १३:२९

जेठ २९, लमजुङ | लमजुङ सदरमुकाम वेसीशहरमा महिला हिसां विरुद्ध प्रथम महिला फुटसल प्रतियोगिता हुने भएको छ । 

यहिसाता मात्र पालिका वडास्तरिय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको लमजुङ फुटसलले आगामी असार १८ र १९ गते प्रथम खुल्ला महिला फुटसल प्रतियोगिता २०७९ आयोजना गर्न लागेको हो । 

‘हाम्रो एक गोल, महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ महिलाहरुलाई खेल प्रति आर्कषित गर्न, महिला खेलाडी उत्पादन गर्ने तथा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पहिलो पटक जिल्लाकै ठुलो धनराशीको महिला खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको लमजुङ फुटसल सञ्चालक इन्द्र रानाले वताए । 

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने द्धितिय हुने टिमलाई नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वाधिक गोल किप्परलाई जनही १५ सय नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले असार १५ गते सम्म टिम दर्ता गर्न सक्नेछन । टिम दर्ता शुल्क ३ हजार तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या