भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवस"/>
२६ पुष २०८२, शनिबार
खेलकुद

पर्वत बाङमयद्धारा खेलकुद सामाग्री वितरण

२४ भाद्र २०७३, शुक्रबार ०९:३४

भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको  अबसरमा पर्वत बाङमय प्रतिष्ठान पर्वतले ३७ औं शिक्षा दिवसको अबसर पारेर शिवालय उमावि कुश्मालाई खेलकुदका सामाग्री वितरण गरेको छ । खेलकुद सामाग्रीमा भलिबल, फुटबल , नेट, क्रिकेट बल र ब्याट लगाएतका सामाग्री वितरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष जेवि सेभेनको आर्थिक सहयोगमा उक्त खेलकुद सामाग्री उपलब्ध    गराइएको हो । उनी हाल अमेरिकामा रहेका छन् ।

उक्त खेलकुद सामाग्र्री बाङमयका सचिव शंकर गिरीले जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलको रोहवरमा शिवालय उमाविका खेलकुद शिक्षक लेखनाथ उपाध्याय र मेघनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् । जिल्ला शिक्षा कार्यालयले दिवसको अबसरमा प्रभातफेरी तथा जिल्लामा       रहेका बौद्धिक बर्ग तथा शिक्षक, अभिभावक र विद्यार्थी विच     अन्तरक्रिया गरी मनाएको थियो ।


बर्राचौर ९ मा रहेको आम्बारी निमावि जिल्लाकै सरसफाइयुक्त नमुना विद्यालय घोषणा भएको छ । सरसफाइको लागि आवश्यक पर्ने पानी, चर्पीको प्रयोग लगायतका अन्य फोहोर व्यवस्थापनमा विद्यालयले आवश्यक कदम चालेपछि जिल्लाकै पहिलो नमूना सरसफाइयुक्त विद्यालय भएको हो ।

विद्यालयले सरसफाइको लागि आवश्यक पर्ने पानी, धारा, शौचालय, फोहोरको व्यवस्थापन गर्न सकेका कारण जिल्लाकै पहिलो नमूना सरसफाईयुक्त विद्यालय बन्न सफल भएको विद्यालयले जनाएको छ । यसैविच जिल्लाका पश्चिमाञ्चल नेपाल ग्रामिण खानेपानी तथा       सरसफाइ परियोजना (वास) अन्तरगत  कार्यक्रम संचालन भएका जिल्लाका १६ गाविस मध्ये बर्राचौरका ३, ५ र ७ पूर्ण सरसफाई युक्त वडा घोषणा भएका छन् । वास परियोजना लागू भएका गाविसमध्ये पहिलो पटक जिल्लामा बर्राचौर गाविसका उक्त वडा पूर्ण सरसफाईयुक्त गाविस घोषणा भएको हो । विहिबार  उक्त गाविस र विद्यालयलाइ्र्र पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएको थियो ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला