2026-08-25 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय क्रिकेटका सबै फर्म्याटबाट सुरेश रैनाले गरे सन्न्यासको घोषणा

भदौ २०, काठमाडौँ | भारतीय क्रिकेटर सुरेश रैनाले भारतीय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । योसँगै उनी विदेशमा हुने टी ट्वेन्टी लिगमा खेल्न योग्य भएका छन् । घरेलु स्तरमा सक्रिय खेलाडी विदेशी लिगमा भाग लिन पाउँदैनन् । त्यसैले संसारभर टी ट्वेन्टी लिगमा खेल्न रैनाले सन्न्यास लिनैपर्थ्यो । सन्न्याससम्बन्धी जानकारी रैनाले सोसल मिडियामार्फत दिएका हुन् ।

यसअघि उनले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर उत्तर प्रदेशका लागि घरेलु क्रिकेट खेलिरहेका थिए । साथै इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि खेलिरहेका थिए । पछिल्लो आईपीएल २०२२ सिजनमा रैनालाई कुनै पनि फ्रेन्चाइजीले किनेको थिएन । 

३५ वर्षे रैनाले ट्विटमा लेखेका छन्, ‘देश र उत्तर प्रदेश राज्यका लागि क्रिकेट खेल्नु मेरा लागि गर्वको कुरा हो । म अब क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गर्दछु । साथै म बीसीसीआई, यूपी क्रिकेट संघ, आईपीएल टिम सीएसके र रााजीव शुक्लालाई धन्यवाद दिन्छु । मलाई समर्थन गर्नका लागि मेरा फ्यान्सलाई पनि धन्यवाद ।’

अब रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । गत सिजन उनलाई आईपीएलका कुनै पनि टोलीले किनेका थिएनन् । ‘मेरो देश र राज्य यूपीको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि खुसिको कुरा हो । क्रिकेटका सबै  फर्म्याटबाट  सन्यासको घोषणा गर्न चाहन्छु,’ रैनाले मंगलबार ट्विटरमा पोस्ट गरेका छन् ।

रैनाले रोड सेफ्टी सिरिज खेल्ने भएका छन् । ‘म रोड सेफ्टी सिरिजमा खेल्नेछु । दक्षिण अफ्रिका, श्रीलंका र युएईका टी–ट्वान्टी फ्रेन्चाइजीहरुले मलाई सम्पर्क गरेका छन् तर मैले कुनै निर्णय लिएको छैन,’ रैनाले दैनिक जागरणसँगको कुराकानीमा भनेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन