६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

१ मंसिर २०७९, बिहीबार ०२:४८

मङ्सिर १, दोधारा चाँदनी | कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् । 

टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो । कञ्चनपुरका लागि राहुल चन्दले २३ बलमा सर्वाधिक २५ रन बनाए । यस्तै अभिषेक थापाले १२ बलमा १४ रन तथा हेमन्त धामीले १० बलमा १३ रन बनाए । 

यसैगरी ७९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अछामले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव पाँच ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो । उसका लागि हरिश धामीले १७ बलमा सर्वाधिक १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । उक्त खेलको म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए ।

त्यसैगरी अर्को खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो । डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७  बलमा १४ तथा सचीन साउदले २३ बलमा १४ रन बनाए ।     

जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप विष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रदेशका सबै जिल्लाका टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरेर सुदूरपश्चिम प्रदेशको टोली बनाइने बताउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर सात गतेदेखि काठमाडौँमा वाइवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प