६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चारपटकको विजेता जर्मनीलाई अन्तिम–१६ मा स्थान बनाउन कस्तो छ समीकरण ?

१५ मंसिर २०७९, बिहीबार ०८:५५

मङ्सिर १५, काठमाडौँ | चारपटकको विजेता जर्मनीका लागि कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउनका लागि बिहीबार हुने कोस्टारिका विरुद्धको खेल ‘गर या मर’को बनेको छ ।

समूह ‘ई’मा रहेको जर्मनीले दुई खेलबाट एक अंक मात्र जोडेको छ । पहिलो खेलमा जापानसँग पहिलो हाफमा अग्रता लिएर पनि २–१ ले पराजित भएपछि जर्मनीको यात्रा कठिन बनेको हो । जर्मनी दोस्रो खेलमा पनि स्पेनसँग १–१ को बराबरीमा रोकियो ।


त्यसकारण अन्तिम–१६ मा स्थान बनाउनका लागि अबको खेल जर्मनीलाई जित्नैपर्ने दबाब छ । अन्यथा, जर्मनी लगातार दोस्रोपटक विश्वकपको समूह चरणबाट बाहिरिनेछ ।

जर्मनीलाई आफूले जितेर मात्र पनि पुग्दैन । स्पेन र जापानको नतिजा पनि कुर्नुपर्ने हुन्छ । स्पेनले जापानलाई हराए र जर्मनीले जितेमा अन्तिम–१६ मा स्थान बनाउन सक्छ । जापानले जिते वा बराबरी खेले जर्मनीले जिते पनि गोलअन्तरको हिसाब हुन्छ । जर्मनीको गोलअन्तर माइनस एक छ भने जापानको शून्य छ । स्पेनको गोलअन्तर प्लस सात छ ।

जर्मनीविरुद्ध खेल्ने कोस्टारिकाको सम्भावना पनि उत्तिकै छ । कोस्टारिकाले जिते अन्तिम–१६ मा स्थान पक्का गर्नेछ । स्पेनले जापानलाई हराए कोस्टारिकालाई बराबरी पनि काफी हुनेछ । तर, स्पेन पराजित भए र कोस्टारिकाले जर्मनीसँग बराबरी खेले गोलअन्तरको हिसाब हुनेछ । कोस्टारिकाको गोलअन्तर माइनस ६ छ ।

एसियाली मुलुक जापानलाई अघिल्लो चरणमा स्थान बनाउन आज जित्नैपर्ने हुन्छ । जापानले बराबरी खेले जर्मनी र कोस्टारिकाविरुद्धको नतिजा हेर्नुपर्छ । कोस्टारिकाले जिते जापान बाहिरिनेछ । जर्मनीले जिते वा बराबरी खेले गोलअन्तरको हिसाब हुनेछ ।

दुई खेल सकिँदा स्पेन चार अंकका साथ शीर्ष स्थानमा छ । समान तीन अंक जोडेका जापान र कोस्टारिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जर्मनीको एक अंक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै