६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोल्डेन बलमा मेस्सी बलियो, गोल्डेन बुटमा एमबाप्पेको चुनौती

२८ मंसिर २०७९, बुधबार ०७:३४

मङ्सिर २८, काठमाडौँ | कतार विश्वकपको उपाधि भिडन्त गर्नुअघि नै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्।

अर्जेन्टिनाले फाइनल पुग्नेक्रममा खेलेका ६ खेलमा मेस्सी चारवटामा प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपनि गोल्डेन बल लियोनल मेस्सीलाई प्रदान गरिएको थियो।


त्यतिबेला पनि मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए। विश्वकप इतिहासमा एकै खेलाडीले दुईपटक गोल्डेन बल जितेको इतिहास छैन।

जारी विश्वकपमा मेस्सीले सर्वाधिक ५ गोल र ३ असिस्ट गरेका छन्। दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पेको नाममा ५ गोल र दुई असिस्ट रहेको छ।

फ्रान्सकै ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले समान ४/४ गोल गरेका छन्। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले नकआउट चरणका तिन खेलमा एक एक गोल गरेका छन्।

विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता फ्रान्सले क्रोएसियासँग खेल्दै छ। एमबाप्पेले क्वाटरफाइनलमा गोल गर्न नसकेपछि मेस्सी र जिरोड गोल्डेन बुटको दौडमा उनीसँगै देखिएका थिए।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै