६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिममा फ्लु फैलिएपछि विश्वकप फाइनलअघि तनावमा फ्रान्स

१ पुष २०७९, शुक्रबार ०६:४८

पुस १, काठमाडौँ | फिफा विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्च फुटबलमा टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित भएका छन्। मोरक्कोविरुद्ध बुधबार भएको क्वार्टरफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेलेका थिएनन्।


त्यो दिन टिममा भएर पनि प्रयोगमा नआएका किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प र उनको टेकनिकल टिम तनावमा परेको छ।

उपामेकानो भने आइतबारसम्म ठीक हुने आसमा रहेका देस्च्याम्पले सेमिफाइनलपछि आगामी चार दिनमा सबै खेलाडी निको हुने बताएका थिए।

‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ।’

देस्च्याम्पको फ्रान्सले आइतबार राति ८:४५ बजे उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो।

फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक विश्वकप जित्ने छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलो पटक उपाधि रक्षा गर्ने अभियानमा छ। फ्रान्स पनि समग्रमा तेस्रो पटक च्याम्पियन बन्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का