२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुँदै रोनाल्डो

२०७९, ८ पुष शुक्रबार ०५:४९

पुस ८, काठमाडौँ | पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्।

स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्।


कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।

यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो।

मार्काका अनुसार साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ।

पछिल्लो समय रोनाल्डोको प्रदर्शन भने ओरालो लाग्दो क्रममा छ। पछिल्लो समय पोर्चुगलकै टोलीमा पनि उनको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ