२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मार्टिनेजले एम्बाप्पेलाई बच्चा बनाएर ‘ट्रोल’ गर्नुको कारण यस्तो!

२०७९, ८ पुष शुक्रबार ०९:४६

पुस ८, काठमाडौँ | विश्वविजेता अर्जेन्टिनी फुटबल टोलीका गोलकिपर इमिलियानो मार्टिनेज जितको खुसीयाली मनाउने क्रममा विभिन्न क्रियाकलाप गरिरहेका छन्। 

यसैबीच, उनले स्वदेश फर्किएर विश्वकपको खुसियाली मनाउने क्रममा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेको मजाक उडाएका थिए। 


सोक्रममा मार्टिनेजले एम्बाप्पेको तस्बिर बोकेका थिए। जहाँ उनले एम्बाप्पेलाई बच्चा बनाएका थिए।

मार्टिनेजले विश्वकपको पुरस्कार दिने समारोहमा पनि उत्कृष्ट गोलकिपरको अवार्ड पाएपछि अलि ‘अनौठो हर्कत’ गरेका थिए। यसलाई लिएर उनको आलोचना भइरहेको छ।

मार्टिनेजका यी क्रियाकलापबारे अहिले अर्जेन्टिनी सञ्चारमाध्यमहरूले रहश्य खोलेका छन्। कतारमा विश्वकप सुरु हुनुभन्दा केही महिनाअघि मात्र एम्बाप्पेले अर्जेन्टिनालगायत दक्षिण अमेरिकी टोलीलाई हेपेर बोलेका थिए। उनले दक्षिण अमेरिकी देशहरूको स्तर युरोपको सरह नभएकाले पछिल्लो समय सधैँ युरोपेली टोलीले विश्वकप जितिरहेको बताएका थिए। अहिले यस्तो भन्ने एम्बाप्पेकै टोली फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उनको मजाक उडाएको बताइएको छ।

सन् २००२ पछि दक्षिण अमेरिकी टोलीले विश्वकप जितेको हो। २००२ मा ब्राजिलले जितेयताका चारवटा विश्वकप युरोपेली टोलीले जितेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ