२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीसँग १०२ रनले हार्यो काठमाडौं

२०७९, २० पुष बुधबार ०७:२२

पुस २०, काठमाडौँ | हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा बुधबार काठमाडौं नाइट्सलाई एक सय दुई रनले परातिज गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गरेको थियो।


जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १५.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्रै बनाउन सक्यो। काठमाडौंले बासिर अहमदले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका लागि ह्यारी टेक्टर, इशान पाण्डे र कुशल भुर्तेलले दुई–दुई विकेट लिए।

पहिलो इनिङमा लुम्बिनीका लागि ३६ बलको सामना गरेका हरमितले दुई चौका र आठ छक्कासहित ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए। अर्का ओपनर लहिरु मिलान्थाले २६ तथा गुल्शन झाले २१ रनको योगदान गरे। अनिल साह १६ रनमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

काठमाडौंका लागि अविनाश बोहराले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए।

काठमाडौंको टिम ढिलो आइपुगेका कारण टस ढिलो हुँदा खेल १७ ओभरमा छोट्याइएको थियो। लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको छ। काठमाडौं ८ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत