2026-09-19 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सङ्कटा फुटबल क्लबले जित्यो आहा रारा गोल्डकपको उपाधि

पुस २३, पोखरा | २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको हो । खेल निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा सङ्कटाले गोल गर्दै खेलमा बाजी मार्‍यो । 

खेलको ८ औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले  गोल गर्दा संकटाकाे अग्रता दोब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

२-० गोलले पछि परेको खेलमा ३७औँ  मिनेटमा भुटनिज युथका रिनी सान्तिलाेनले गोल गरेपछि खेल २-१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २-२ काे बराबरीमा ल्याए । 

त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३-२ को रोमाञ्चक जित दिलाए । 

उक्त जितसँगै सङ्कटाले दोस्रो पटक आहा राराको उपाधि जितेको हो । यसअघि सङ्कटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई