२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको निलम्बन फुकुवाबारे कानूनी परामर्शमा क्यान, के फर्केलान् कप्तानमा?

२०७९, २९ पुष शुक्रबार ०८:४९

पुस २९, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान)ले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच्च अदालत, पाटनको २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मात्र रिहा भएका छन् ।


सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका छन् । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र यस्तै प्रकरणमा अन्य देशमा भएको अभ्यासबारे छलफल जारी रहेको बताएका छन् । नेपाल क्रिकेटका लागि खेल्नु सार्वजनिक जीवनमा पर्ने भन्दै देशको कानून अध्ययन नगरी निष्कर्षमा पुग्न नसकिने सचिव मल्लको भनाइ छ । 

सन्दीपविरुद्ध २१ भदौमा नावालिग बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो । त्यतिबेला बउनी राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए । उजुरी परेको करिव एक महिनापछि असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यस लगत्तै नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिमबाट निलम्वन गरेको थियो । बलात्कार आरोपको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

बेरित आदेश बदरका लागि सन्दीपले मंसिर २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाई गरी अदालतले विहीबार २० लाख धरौटी र थुप्रै सर्तहरु राखेर रिह ागर्न आदेश दिएको थियो । अदालतको सो आदेश शुक्रबार कार्यान्वयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत