६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको निलम्बन फुकुवाबारे कानूनी परामर्शमा क्यान, के फर्केलान् कप्तानमा?

२९ पुष २०७९, शुक्रबार ०८:४९

पुस २९, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान)ले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच्च अदालत, पाटनको २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मात्र रिहा भएका छन् ।


सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका छन् । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र यस्तै प्रकरणमा अन्य देशमा भएको अभ्यासबारे छलफल जारी रहेको बताएका छन् । नेपाल क्रिकेटका लागि खेल्नु सार्वजनिक जीवनमा पर्ने भन्दै देशको कानून अध्ययन नगरी निष्कर्षमा पुग्न नसकिने सचिव मल्लको भनाइ छ । 

सन्दीपविरुद्ध २१ भदौमा नावालिग बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो । त्यतिबेला बउनी राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए । उजुरी परेको करिव एक महिनापछि असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यस लगत्तै नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिमबाट निलम्वन गरेको थियो । बलात्कार आरोपको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

बेरित आदेश बदरका लागि सन्दीपले मंसिर २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाई गरी अदालतले विहीबार २० लाख धरौटी र थुप्रै सर्तहरु राखेर रिह ागर्न आदेश दिएको थियो । अदालतको सो आदेश शुक्रबार कार्यान्वयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का