६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपलाई राष्ट्रिय टीममा फर्काउन आईसीसीको ‘ग्रीन सिग्नल’

१० माघ २०७९, मंगलवार ०८:०९

माघ १०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ । आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ । तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन् । त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’ उनले भने ।


जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो । जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणमा अदालतले रोक लगाएको छ । प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गर्न बाँकी छ ।

अदालतले सन्दीपलाई क्रिकेट खेल्न रोक लगाएको छैन । नेपालको कानूनअनुसार पनि उनलाई राष्ट्रिय टीमबाट खेल्न कुनै बाधा नरहेको सन्दीपका वकिलहरु बताउँछन् । विदेश जान रोक लगाइएकाले उनले देशबाहिर हुने खेलहरू भने तत्काल खेल्न सक्दैनन् । तर, नेपालभित्रै हुने खेलमा भने सन्दीपलाई खेलाउँदा समस्या नहुने तर्क उनका वकिलहरूको छ ।

क्यानले सन्दीपलाई खेलाउन मिल्ने वा नमिल्ने विषयमा कानुनी परामर्श गरिरहेको छ । तर, निष्कर्षमा पुग्न सकेको छैन । सन्दीपको विषयमा निर्णय लिन नसक्दा आउँदो महिना हुने त्रिकोणात्मक सिरिजका लागि टीम घोषणा र बन्द प्रशिक्षण्मा पनि ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ