६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुष्मालाई बक्सिङमा रजत पदक

११ माघ २०७९, बुधबार ०९:१८

माघ ११, काठमाडौँ । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले  यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् ।

थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । सुष्मालाई अङ्कका आधारमा ५–० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् ।


फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक हात पारिन् । नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पहिलो पटक पुगेको र एसियाली च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि नेपालले एसियास्तरमा कास्य पदक जितेको थियो ।

त्यस्तै यसअघि सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई  पराजित गर्दै फाइनल पुगेकी थिइन् । प्रतियोगितामा नेपालबाट तीन महिला र समान तीन पुरुष खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ