६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना

२० माघ २०७९, शुक्रबार ०८:१४

माघ २०, काठमाडौँ | बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानविरुद्ध बाइकट क्यान (#BycottCAN) अभियान सुरु भएको छ। 

सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन्।

ट्विटरमा भास्कर ज्ञवाली लेख्छन्, ‘नाबालिक बलात्कार आरोपीलाई जमानतमा छाड्ने अदालत, निलम्बन फुकुवा गर्ने क्रिकेट संघ, बन्द प्रशिक्षणमा बोलाउने चयन समिति, सँगै खेल्न तयार हुने खेलाडीहरू, र रमिते 'म’ । हामी मानिस बन्न २-४ सय वर्ष बाँकी छ हो।’


कतिपयले क्यानलाई बहिष्कार गर्नु पर्ने भन्दै #BoyCottCAN अभियान समेत सुरू गरेका छन्।

‘सेलिब्रेटी देशको पहिचान हो, गहना हो। नारी, छोरी, सत्यस्वरूपा, दिदीबहिनी, आधा जगत हुन्, त्योभन्दा पनि पहिले आमा हुन्। आफ्नी आमासरह नारी, त्यसमा पनि नाबालिका बालात्कार गर्ने सेलिब्रेटी हुनै सक्दैन र त्यसको पक्षमा @CricketNep सती जानु हुँदैन। चाँडै सच्याओस्,’ सन्तोष ढकालले लेखेका छन्।

यस्तै सोमेश बर्माले नेपाली क्रिकेट टिममा परेका १९ खेलाडीलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाईंहरूलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने? (कि त तपाईंहरू बलात्कार आरोपी को पक्षमा हुनुपर्छ कि विरोधमा… बीचको बाटोको सुविधा छैन यो मुद्दामा!)’

सन्दीपलाई राष्ट्रिय टिममा बोलाएको विरोधमा शनिबार विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ।

लेखक आन्विका गिरीले ट्विटरमा भोलि १ बजे माइतीघरमा क्यान बहिष्कारका लागि प्रदर्शन हुने बताएकी छन्। उनले लेखेकी छन्, ‘सरकार मौन। प्रतिपक्ष मौन। क्यान बलात्कार आरोपीको मतियार! जनता भन्दैछन्, खबरदार!  भोलि १ बजे माइतीघर। #boycottCAN’

हिमा बिष्टले लेखेकी छन्- हो! #CAN ले बलात्कार भनेको केही हैन भनेर हामी माथि हानेको थप्पड हो। यो थप्पडको उत्तर त #CAN को बोर्डले मात्र हैन, सरकारले पनि दिनै पर्छ #BoyCottCAN #RageAgainstRape भोलि १ बजे, माइतीघर मण्डल।

यता शुक्रबार सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

पुस २९ गते आरोपित लामिछानेलाई उच्च अदालत पाटनले शर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो। एक किशोरीमाथि बलात्कारको आरोप खेपिरेहका लामिछाने बिहीबार क्यानको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। 

फागुन पहिलो साता घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो। यसअघि मंगलबार पोखरामा भएको क्यानको बोर्ड बैठकले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ