2026-09-21 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्दै सन्दीप लामिछाने

फागुन १, काठमाडौँ | सन्दीप लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दैछन्। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत मङ्गलवारदेखि घरेलु मैदानमा सुरु हुने त्रिदेशीय एकदविशीय अन्तर्राष्ट्रिय शृङ्खलामा सन्दीप नेपाली टोलीका महत्त्वपूर्ण सदस्य रहने छन् । उनीमाथि नेपाली क्रिकेट समर्थककाे ठूलाे भराेसा छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। सन्दीप पक्राउ पर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उच्च लयमा रहेका थिए। प्रशिक्षक मन्टी देसाई सन्दीपलाई आफूले के गर्नुपर्छ भनेर राम्रोसँग थाहा भएको बताउँछन्।

सन्दीपलाई हालै मात्र पाकिस्तानका विश्व चर्चित ब्याट्सम्यान मोहम्मद रिजवान भेट्न आएका थिए। सन्दीपको हौसला र मनोबल बढाउन रिजवान नेपाल आएको बुझिएको छ। 

सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्। सन्दीपले यो फर्म्याटमा एकै खेलमा ६ पटकसम्म कम्तीमा ४ विकेट र दुई पटकसम्म कम्तीमा ५ विकेट लिएका छन्। उनले एकै खेलमा ११ रन खर्चिएर ६ विकेट लिएको इतिहास छ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ४.०२ रहेको छ। यस्तै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा ८५ विकेट लिएका छन्। उनी सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्। सन्दीपले एकपटक कम्तीमा ५ विकेट र दुई पटक कम्तीमा चार विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ६.४ रहेको छ। उनले लिस्ट ए क्रिकेटमा ५४ खेल खेलेकामा एक सय १५ विकेट लिएका छन् भने टी–२० क्रिकेटमा एक सय ३६ खेलमा एक सय ९३ विकेट हात पारेका छन्। सन्दीप जारी विश्वकप लिग–२ मा सर्वाधिक विकेट लिने बलरको सुचीमा २० खेलमा ४२ विकेटसहित चौथो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो